भक्तपुर । गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले सदस्यको ४७ हजार ऋण मिनाह गरेको छ । संस्थाले सदस्यको सधै सुख, दुखको सारथीको रुपमा काम गरेको बताएको छ ।
संस्थाको शेयर सदस्य रुकु थापाले संस्थामा तिर्न बाँकी रहेको ऋंणको साँवा र ब्याज गरी ४७ हजार मिनाह गरेको हो । सदस्य रुकु थापा मधुमेह रोगबाट ग्रसित भई देब्रे खुट्टा गुमाउनु परेकोले दैनिक जिवनयापनमा कष्टकर अवस्था सिर्जना भएकोले संस्थाको संचालक समितिको बैठकले ऋण मिनाह गर्ने निणर्य गरेको संस्थाका अध्यक्ष विकास खड्काले जानकारी दिए ।
Leave a comment