सहकारी बैंकद्वारा सुदुरपश्चिम प्रदेशका दुई सहकारी पुरस्कृत

सहकारी बैंकद्वारा सुदुरपश्चिम प्रदेशका दुई सहकारी पुरस्कृत :: Sahakari Akhabar

धनगढी । राष्ट्रिय सहकारी बैंकले सदुरपश्चिम प्रदेशका २ वटा सहकारीहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई बुधवार एक कार्यक्रमगरी पुरस्कृत गरेको हो ।

बैंकको धनगढी शाखामा उत्कृष्ट कारोबार गर्ने मेघा बचत तथा ऋण सहकारी संस्था र नियमित कारोबार गर्ने दिपज्योती महिला विकास कृषक सहकारी संस्था कञ्चनपुर पुरस्कृत भएका हुन् । मेघा साकोसका सञ्चालक कान्तुराम पनेरु र प्रमुख कार्यकारी अधिकृत सुनिल सेटी तथा दीपज्योती महिला सहकारीका अध्यक्ष जोधनी देवी चौधरी र व्यवस्थापक गुरुप्रसाद थारुलाई बैंकका सञ्चालक शिवा थापाले सम्मानपत्र सहित पुरस्कृत गरेकी थिइन् ।

सहकारी बैंकले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना संक्रमणका कारण ढिला पुरस्कृत गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष भूपेन्द्र थापा, बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेमसिंह भाट, बचत तथा ऋण सहकारी संघ कैलालीका कोषाध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सुदुरपश्चिम प्रदेशको एकमात्र शाखाका रुपमा रहेको धनगढी शाखामा ३ सय सहकारी संस्था सदस्य रहेका छन् । सदस्य संस्थाहरुको ६१ करोड निक्षेप र ५० करोड कर्जा लगानीमा रहेको शाखा प्रमुख रावलले जानकारी दिए ।



Leave a comment