साहारा नेपाल साकोसद्धारा सदस्यलाई प्रविधि साक्षरता तालिम 

साहारा नेपाल साकोसद्धारा सदस्यलाई प्रविधि साक्षरता तालिम  :: Sahakari Akhabar


झापा । नयाँ प्रविधि तथा समयानुसार सदस्यलाई ज्ञान दिने उद्धेश्यले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले प्रविधि साक्षरता तालिम दिएको छ ।

सेवा केन्द्रका लघुवित्त सहित एकसय जना सदस्यलाई १० समूह बनाएर मंगलवार एकदिने तालिम प्रदान गरेको हो । निकट भविश्यमा एटीएम प्रयोगमा ल्याइने भएकोले प्राविधिक तालिम दिएको सेवा केन्द्र प्रमुख उमेश भारतीले बताए । उनले उद्यमी महिला विकास कार्यक्रम शुरु गरिने समेत जानकारी दिए ।

तालिममा सहभागीलाई संस्थाका आइटी वरिष्ठ प्राविधिक नेत्रप्रसाद खतिवडाले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीहरुलाई मोवाइल बैंकिङ, इ–सेवा, एसएमएस, ट्याव्लेटद्धारा कारोबारका विषयमा जानकारी गराइएका थिए । त्यस्तै कोभिड–१९ बाट बच्न सदस्यहरुलाई घरबाट नै इ–सेवा प्रयोग गर्न पनि सिकाइएको छ ।



Leave a comment