सिम्रिक साकोसद्धारा सदस्यलाई ३ लाख बढी उपचार सहयोग 

सिम्रिक साकोसद्धारा सदस्यलाई ३ लाख बढी उपचार सहयोग  :: Sahakari Akhabar

झापा । बिर्तामोडमा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई उपचार सहयोग प्रदान गरेको छ । सदस्यहरुले शेयरमा गरेको योगदान तथा बचत कारोबारका आधारमा स्वास्थ्य उपचार सुविधा पाउने संस्थाको नीति रहेको जनाइएको छ ।

सदस्यहरुको घरघरमा नै गएर एक हजारदेखि २८ हजार रुपैयाँसम्म उपचार राहत सहयोग दिएको हो । संस्थाले कात्तिक महिनामा मात्र तीन लाख ३ हजार २ सय ७३ रुपैयाँ उपचार सुविधा प्रदान गरेको छ । संस्थाले सदस्य धान्यप्रसाद गुरागाईंको उपचारार्थ २५ हजार रुपैयाँ र ६ दिनको अस्पताल बसाईको बेड चार्ज वापत ३ हजार रुपैयाँ सहयोग प्रदान गरिएको सेवा केन्द्र प्रमुख इन्दिरा भट्टराइले बताएकी छन् ।

सदस्य भुवनेश्वरी कडरियाको सासु आमाको उपचारमा लागेको खर्चवापत सदस्य परिवारलाई १० हजार ५ सय रुपैयाँ प्रदान गरेको छ । गोलधाप सेवा केन्द्रका सदस्य राधिका भट्टराईलाई उपचारार्थ १८ हजार ८ सय ५० रुपैयाँ प्रदान गरिएको सेवा केन्द्र प्रमुख गोपाल विष्टले जानकारी दिए । सदस्य प्रतिमा देवनाथलाई २२ हजार ५०० रुपैयाँ, शारदा ढुंगानालाई १९ हजार र अगमलाल राजवंशीलाई १७ हजार रुपैयाँ उपचार खर्चवापत प्रदान गरिएको छ ।

यसरी नै, बिर्तामोड सेवा केन्द्रका सदस्य शारदा ढुंगानाको उपचार खर्चवापत १९ हजार र वीरबहादुर सिलवालको श्रीमतीको उपचार खर्च वापत ९ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ । सदस्यहरु र तिनका परिवारको उपचारका लागि अस्पताल बस्नुपर्दाको बेडचार्ज वापत प्रतिदिन ५ सय रुपैयाँका दरले सहयोग प्रदान गर्ने रहेको बिर्तामोड सेवा केन्द्र प्रमुख रमेश खनालले बताए । बिर्तामोड सेवा केन्द्र अन्तरगतका विभिन्न सदस्यहरुको उपचारार्थ ७८ हजार भन्दा बढी सहयोग प्रदान गरिएको उनको भनाई छ ।

त्यसैगरी टाघनडुब्बा सेवा केन्द्र अन्तरगत लघुवित्ततर्फका सदस्य मीनादेवी गणेशलाई २२ हजार ५ सय, दुवागढी सेवा केन्द्र अन्तरगतका सदस्य जानुका भुजेल खबासलाई २० हजार, गरामनी सेवा केन्द्रका सदस्य सुरेखा राईलाई १२ हजार ५ सय रुपैयाँ उपचार खर्च सुविधा प्रदान गरिएको तालिम विभाग प्रमुख विजय बस्नेतले बताए । बस्नेतका अनुसार सिम्रिक साकोसले कात्तिक महिनामा मात्र तीन लाख ३ हजार २ सय ७३ रुपैयाँ उपचार सुविधा प्रदान गरेको छ ।



Leave a comment