सूचनाकोलागि यो लिङ्कमा क्लिक गर्नु होला https://royalcooperative.com/
पोखरा । बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा मंसिर १३ गते देखी २७ गते सम्म हुने भएको छ ।
संस्थाले साधारण सभाको तालिका प्रकाशन गर्दै सदस्यहरुलाई सहभागीता फारम भर्न अनुरोध गरेको छ । संस्थाको बार्षिक साधारण सभाको प्रतिवेदनहरु संस्थाको वेबसाइटमा हेर्न सक्ने ब्यावस्था गरीएको जनाएको छ । सदस्यहरुले आफ्नो राय, जिज्ञासा तथा सुझाव सदस्य सहभागीता फारम संस्थाको फेसबुक पेजमा राखीएको र गुगल फर्ममा भरी मंसिर २६ गते भित्र पठाउन समेत सुचित गरेको छ
मंसिर १३ गते मुख्य कार्यालयबाट बिहान ११ बजे उद्धघाटन हुने र साढे ११ बजेदेखि साढे ४ बजेसम्म मुख्य कार्यालय तथा सेवा केन्द्रहरु दुलेगौंडा, तनहुँ, भण्डारढिक तथा मोहरिया कास्कीको सदस्यहरुको नाम दर्ता, प्रतिवेदन बितरण र सुझाव संकलन हुने संस्थाले जनाएको छ ।
त्यसैगरी १४ गते देखि २६ गते सम्म बिहान साढे १० बजे देखि साढे ४ बजे सम्म मुख्य कार्यालय तथा सेवा केन्द्रहरु दुलेगौंडा, तनहुँ, भण्डारढिक तथा मोहरिया कास्कीको सदस्यहरुको नाम दर्ता, प्रतिवेदन बितरण र सुझाव संकलन हुने संस्थाले जनाएको छ । भर्चुअल रुपमा गरिने साधारण सभाको २७ गते शनिबार बिहान ११ बजे देखि समापन कार्यक्रम गरिने जनाइएको छ ।
Leave a comment