सहकारी बैंकका थप २ शाखा विस्तार

सहकारी बैंकको मंगलवारदेखि ५० वटा शाखा मार्फत सेवा

सहकारी बैंकका थप २ शाखा विस्तार :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले लुम्बिनी प्रदेशमा २ वटा शाखा थपेको छ । बर्दियाको भुरीगाउँ र बाँकेको नेपालगञ्जमा मंगलवार दुइवटा शाखा उद्घाटन गरेको हो । बैंकका अध्यक्ष केबी उप्रेतीले छुट्टा छुट्टै समयमा २ वटा शाखाको उद्घाटन गरेका हुन् । सहकारीमार्फत आम समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी बैंक निरन्तर लागेको र यसका लागि सबै सहकारीहरुलाई सहकारी बैंकमार्फत नै कारोबार गर्न अध्यक्ष उप्रेतीले भने ।

सहकारी बैंकले आफ्ना सदस्यहरुलाई सहज र प्रविधियुक्त सेवाका लागि सहयोग गर्दै आएको छ, अध्यक्ष उप्रेतीले भने । वित्तीय सेवासंगै सहकारीहरुको संस्थागत विकासका लागि बैंक सदैव सहयोगीका रुपमा रहेको उप्रेतीको भनाई छ । भुरीगाउँमा आयोजित उद्घाटन कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक लक्ष्मीप्रसाद शर्मा, बैंकका सञ्चालक माधवलाल देवकोटा, लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष गोपाल पौडेल, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष नवराज न्यौपाने, कृषि सहकारी संघका अध्यक्ष हरि अधिकारी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम बैंकका सञ्चालक विजया धितालको अध्यक्षता, बैंकका तालिम विभाग अधिकृत नारायण वेलवासेको स्वागत र भुरीगाउँ शाखाका प्रमुख किरण खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । शाखा उद्घाटनकै दिन ८ करोड भन्दा बढी निक्षेप संकलन भएको शाखा प्रमुख खत्रीले जानकारी दिनुभयो ।

यस्तै नेपालगञ्ज शाखाको उद्घाटनका क्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य एकमाया विक, नेपाल कृषि केन्द्रीय सहकारी संघका सञ्चालक देवबहादुर केसी, लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य भुपेन्द्रप्रसाद अधिकारी, वचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवाली, कृषि सहकारी संघका अध्यक्ष एकता शाह, बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष बलबहादुर खड्का लगायतको सहभागीता रहेको थियो ।

४ वटा शाखामार्फत सदस्यहरु सहकारी संस्थाहरुलाई सेवा प्रवाह गर्दै आएको सहकारी बैंकले मंगलवारदेखि ५० वटा शाखा मार्फत सेवा दिन थालेको छ । नेपाल राष्ट्र बैंकले गत असारमा २४ वटा शाखा सञ्चालनका लागि अनुमति दिएको थियो । आगामी पुस मसान्त भित्र सबै शाखा सञ्चालनमा आउने र ६८ वटा शाखामार्फत सेवा सञ्चालन गरिने बैंकले जनाएको छ ।



Leave a comment