भक्तपुर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ । कोभिड–१९ जोखिमका कारणले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै प्रतिनिधिमूलक रुपमा सभा गरिएको संस्थाले जनाएको छ ।
सभामा संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले समस्या आयो भनेर भाग्ने होइन एकिकृत भएर समस्याको समाधान खोज्न तथा सबै सञ्चालक, कर्मचारीले म होइन हामीको भावना विकाश गर्नुपर्नेमा उल्लेख गरे । सभामा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
सभाको नेफ्स्कूनका महासचिव दामोदर अधिकारी कल्याण साकोसका अध्यक्ष गंगाप्रसाद ख्याजु, संस्थाका संस्थापक अध्यक्ष श्यामप्रसाद मूनंकर्मी र लेखासुपरीवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ, विभिन्न समिति उपसमिति तथा सल्लाहकारले सफलताको शुभकामना दिएका थिए । सभाले संस्थाका विभिन्न समिति उपसमितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको व्यवस्थापक कविन्द्र धौबन्जारले जानकारी दिए ।
Leave a comment