काठमाडौं । बागमती प्रदेश सहकारी संघमा १५ सदस्यीय समिति चयन भएको छ । संघको आईतबार ललितपुरमा सम्पन्न प्रारम्भिक साधारण सभाले १५ जनाको समिति चयन गरेको हो । साधारण सभाले रामशरण घिमिरेलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको हो । घिमिरे तदर्थ समितिको पनि अध्यक्ष रहेका थिए ।
साधारण सभाले ३ सदस्यीय लेखा समिति समेत सर्वसम्वत चयन गरेको हो । सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जगतलाल महर्जन, महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा भीमप्रसाद दाहाल, सचिवमा देवराज न्यौपाने र कोषाध्यक्षमा टीकाराम भट्टराई चयन भएका छन् । यस्तै सदस्यहरुमा कृष्ण नेपाल, कृष्णप्रसाद तिमिल्सिना, दीपक जंगम, दुर्गा सञ्जेल, दुर्गा कार्की, अम्बिका थापा, मेनुका दाहाल, बिमल ढकाल र विपिन शर्मा चयन भएका छन् ।
त्यस्तै नेत्रराज पौडेलको संयोजकत्वमा लेखा समिति चयन भएको छ । समितिको सदस्यहरुमा लक्ष्मी गिरी र कुलप्रसाद देवकोटा चयन भएका छन् । निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुले आईतबार नै पदभर ग्रहण गरेका छन् । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
Leave a comment