भैरहवा । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा पुनः ज्ञानु पौड्याललाई निर्वाचित गरेको छ। संस्थाको १५ औं वार्षिक साधारणसभाले आगामी ४ वर्ष कार्यकालको लागि पुनः पौड्यालको अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संस्थाको नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा गिरीप्रसाद पुन, सचिवमा सरु राना र कोषाध्यक्षमा विष्णुमाया कुंवर रहेका छन् । त्यस्तै सदस्यमा निलप्रसाद पुन, बुद्धिबल न्यौपाने, कर्णबहादुर पुन, जमुना तिवारी, शान्ति अधिकारी र रामप्रसाद अर्याल निर्वाचित भएका छन् ।
साधारणसभाले अनिल थापा श्रीसको संयोजकत्वमा लेखा समिति निर्वाचित गरेको छ । समितिको सदस्यमा कोपला रानाभाट ज्ञवाली र घनश्याम रेग्मी चुनिएका छन् । साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष मेखराज पुनले संस्थाले पुनः एक सक्षम नेतृत्व पाएको बताए । सहकारीकी अध्यक्ष ज्ञानु पौड्यालले सहकारीमार्फत गरीबी न्यूनीकरण गर्ने उद्देश्य रहेको बताइन् । हाल ४ वटा सेवा केन्द्रमार्फत संस्थाले सेवा दिइरहेको उनको भनाइ छ ।
कार्यक्रममा संस्थाका पूर्व सल्लाहकार श्यामलाल खरेल, ईश्वरचन्द्र पोखरेल, तिलोत्तमा नगर कार्यपालिका सदस्य एचबी रम्तेल, यम बहादुर थापा, चेतराम पराजुली, टिकाराम पाण्डे, रामेश्वर ढकाल, मोहनसिंह गुरुङ, सूर्य कुमार सारु मगरले जनउत्थान सहकारीले सञ्चालन गर्दै आएकोे कामको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मानबाट पूर्ण कुमार गुरुङलाई सम्मान गरिएको थियो । सहकारीमा २०७७ असार मसान्तसम्म शेयर सदस्यको संख्या १९ हजार ४ सय २९ रहेको छ ।
Leave a comment