सर्वोत्तम सहकारीद्धारा सहुलियत बजार संचालन 

सर्वोत्तम सहकारीद्धारा सहुलियत बजार संचालन  :: Sahakari Akhabar

सहकारी संचालनका लागि लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भौतिक पुर्वाधारमा ५० प्रतिशत सहयोग गरेको छ । अध्यक्ष पौडेलका अनुसार पुर्वाधार तर्फ करिव एक करोड दुई लाख, पूँजी तर्फ ५० लाख गरी एक करोड ५० लाखको लागतमा सहकारी बजार संचालन गरिएको हो

दाङ । घोराहीमा सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी सहुलियत बजार सञ्चालन गरेको छ । कृषकले उत्पादन गरेका वस्तु खरिद गर्ने तथा उपभोक्तालाई सहुलियत रुपमा सामग्री उपलब्ध गराउने उद्देश्यले सहकारी बजार सञ्चालन गरिएको संस्थाका अध्यक्ष धु्रव पौडेलले जानकारी दिए ।

सहकारी बजार संचालन गरी कारोबार सुरु गरिएको भएपनि औपचारिक उद्धघाटन तिहार अगाडी गरिने अध्यक्ष पौडेलले बताए । सहकारी संचालनका लागि लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भौतिक पुर्वाधारमा ५० प्रतिशत सहयोग गरेको छ । अध्यक्ष पौडेलका अनुसार पुर्वाधार तर्फ करिव एक करोड दुई लाख, पूँजी तर्फ ५० लाख गरी एक करोड ५० लाखको लागतमा सहकारी बजार संचालन गरिएको हो ।

सहकारी बजारमा दैनिक आवश्यक पर्ने सम्पूर्ण उपभोग्य सामानहरु सहुलियत दरमा उपलब्ध हुने छ । बजारमा शेयर लगानी गरी कारोबार गर्ने सदस्यहरुले वर्षभरिमा आफूले गरेको कारोबार अंकको शून्य दशमलव २ देखि ५ प्रतिशतसम्म रकम फिर्ता समेत हुने योजना सहकारी बजारको रहेको छ । सहकारी बजारमा भान्छामा आवश्यक पर्ने सबै प्रकारका दैनिक उपभोग्य वस्तुहरु, खाना पकाउने ग्यास, सुके–पाकेका तयारी तरकारी तथा खाद्यान्नहरु, स्थानीय प्रजातिका तरकारीहरु तथा खाद्यवस्तुहरु जस्तै कोदो, फापर, मकैको पीठो, आटो, जौंको सातु, डोको, नाम्लो, तोरण, दुना, टपरीजस्ता सहजै उपलब्ध हुन नसक्ने वस्तुहरु उपलब्ध हुने अध्यक्ष पौडेलले बताए ।

‘स्थानीय तथा अर्गानिक तरकारी तथा फलफूलहरु सिधै कृषकहरुबाट खरिद गरी सरसफाई तथा ग्रेडिङ समेत गरी उपभोक्ताहरुले घरमा उपलब्ध गराइने छ ।’ अध्यक्ष पौडेलले भने । जिल्लामा उत्पादन हुने कृषि उपजहरुलाई खरिद गर्नका लागि स्थानीय किसानहरुलाई समेत संस्थामा आबद्ध गराई उनीहरुको कृषि उत्पादन खरिद गरिने भएको छ । यसरी बाह्य बजारमा किसान र उपभोक्ताहरुबीच हुने मूल्यको अन्तर समेत कम हुने उनले बताए ।



Leave a comment