एनएमसीद्धारा २५ हजार देखि ७५ हजारसम्म मृत्यु राहत प्रदान

एनएमसीद्धारा २५ हजार देखि ७५ हजारसम्म मृत्यु राहत प्रदान :: Sahakari Akhabar

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले शेयर सदस्यको मृत्युमा परिवारलाई २५ हजार देखि ७५ हजारसम्म मृत्यु राहत तथा काजकिरिया खर्च प्रदान गरिरहेको छ । जिल्लाका ४० स्थानमा कार्यालय रहेको संस्थाका ९० हजार सदस्य रहेका छन् । एनएमसीले केही वर्ष पहिलेदेखि सदस्य मृत्यु राहत दिन थालेको सञ्चालक सदस्य डम्बरबहादुर बस्नेतले बताए ।

संस्थामा ५ हजार रुपैयाँ शेयर रहेको सदस्यको मृत्युमा २५ हजार, १० हजारभन्दा बढी शेयर भएको सदस्यको मृत्युमा ५० हजार तथा दम्पत्तीको सेयर १०–१० हजार रुपैयाँभन्दा बढी भएमा ७५ हजार रुपैयाँ परिवारलाई काजकिरिया खर्च तथा मृत्यु राहत प्रदान गर्ने व्यवस्था रहेको जनाइएको छ ।

संस्थाले साउन महिनादेखि कात्तिक १९ गतेसम्म सो कार्यालय अन्तरगतका चारजना सदस्यको मृत्यु भएकाले तिनको परिवारलाई मृत्यु राहत प्रदान गरिएको छ भने संस्थाको सदस्य रहँदै मृत्यु भएका देवीमाया कट्टेल, डिलीप्रसाद गौतम र पुष्पलाल विष्टको परिवारलाई ५० हजारका दरले र टेकनाथ अधिकारीको परिवारलाई २५ हजार रुपैयाँ सदस्य मृत्यु राहत प्रदान गरिएको यसैबीच, बिर्तामोड कार्यालयका सामुदायिक विभाग प्रमुख पवन खतिवडाले जानकारी दिए ।



Leave a comment