झापा । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले मृत्यु भएका आफ्ना शेयर सदस्यको साढे ४ लाख रुपैयाँ कर्जा मिनाहा गरेको छ । संस्थाका सदस्य दमक वडा नम्बर ३ ढुकुरपानी निवासी दिलिपकुमार कार्कीको मृत्यु भएको १०औं दिनको पुण्य तिथिमा सहकारीले कार्कीको कर्जा रकम मिनाहाको पत्र हस्तान्तरण गरेको हो । साथै संस्थाले कार्की परिवारलाई किरिया खर्च वापत ६ हजार रुपैयाँ पनि उपलब्ध गराएको छ ।
कार्कीले सहकारीबाट कर्जा लिएर तिर्न बाँकी साँवा ब्याजसहित चार लाख ४४ हजार ६० रुपैयाँ रकम मिनाहा गरेको दमक सेवा केन्द्र प्रमुख सुजन भण्डारीले जानकारी दिए । सहकारीका शेयर सदस्यको निधन भएमा उनले लिएको कर्जा रकम मिनाहा गर्ने संस्थाको नियमअनुसार सो रकम मिनाहा गरिएको सहकारीका कर्जा विभाग प्रमुख मनहरि निरौलाले जानकारी दिए । साथै संस्थाले सदस्य शोभा बस्नेतको छोरा रविन बस्नेतको असामयिक निधनको छैटौँ दिनको पुण्य तिथिमा संस्था परिवारका तर्फबाट समवेदना व्यक्त गर्दै काजकिरिया खर्च वापत ५ हजार रुपैयाँ प्रदान गरिएको सेवाकेन्द्र प्रमुख भण्डारीले बताएका छन् ।
Leave a comment