हाइलाइट

कर्णाली साकोसद्वारा सदस्य परिवारलाई काजकिरिया खर्च हस्तान्तरण

कर्णाली साकोसद्वारा सदस्य परिवारलाई काजकिरिया खर्च हस्तान्तरण :: Sahakari Akhabar

दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सदस्यको परिवारलाई काजकिरिया खर्च वापतको रकम हस्तान्तरण गरेको छ । दमक नगरपालिका वडा नं ४ निवासी मोहन सिवाकोटीका बुबाको निधन भएकोमा संस्थाको तर्फबाट पाउने एक लाख २० हजार रुपैयाँ प्रदान गरेको हो ।

संस्थाका सदस्य शिवाकोटी परिवारलाई काजकिरिया खर्च उपलब्ध गराइएको दमक सेवा केन्द्रका प्रमुख सुजन भण्डारीले जानकारी दिए । कर्णाली साकोस सञ्चालक समितिका उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, कोषाध्यक्ष एकराज विष्ट, सदस्य गणेश पराजुली, केन्द्रीय कार्यालयका अधिकृत सन्तोष श्रेष्ठसहितले समवेदनासहित राहत हस्तान्तरण गरेका हन् ।

त्यसैगरी संस्थाका सेयर सदस्य दमक ६ निवासी आर.बि. थापाको देहावसान भएको चौथो दिनको पुण्य तिथिमा समवेदनासहित ६ हजार रुपैयाँ, दमक ५ का गौतमकुमार लामाका बुबाको काजकिरिया खर्च बापत ५ हजार रुपैयाँ र झापा शिवसताक्षीका महेन्द्र खत्रीको आमाको काजकिरिया खर्च बापत ५ हजार रुपैयाँ उपलब्ध गराइएको संस्थाका दमक सेवाकेन्द्र प्रमुख भण्डारीले बताए ।



Leave a comment