काठमाडौं । न्युरोडमा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थामा नयाँ नेतृत्व चयन भएको छ । कार्तिक १ गते संस्थाको सम्पन्न साधारण सभाले नौ सदस्यीय कार्यसमिति तथा तीन सदस्यीय लेखा समिति चयन गरेको छ ।
सभाले नरेन्द्र विष्टको अध्यक्षतामा नौ जनाको संचालक समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा आनन्दकुमार राउत, सचिव जिवनराज ओझा, कोषाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठ तथा सदस्यहरुमा महेश खडका केसी, निरहरीप्रसाद उपाध्याय र अर्जुन विश्वकर्मा चयन गरेको छ भने लेखा समिति संयोजकमा लक्ष्मण शर्मा तथा सदस्यहरुमा पम्फा कार्की र देवप्रसाद घिमिरे चयन भएका छन् ।
Leave a comment