प्रत्येक वर्ष वितरण गरिने सााजिक सुरक्षा भत्ता यस पटक कोभिड १९ कोरोना भाइरस संक्रमणको कारण आफ्ना सेवा केन्द्रमार्फत वितरण गरिएको हो । संस्थाका १ लाख ४० हजार सदस्यहरु छन । जस अनुसार एकल पुरुष ६, अपाङग दुई, एकल महिला ५ सय १०, ६५ वर्षदेखि ७० वर्ष पुगेका ९८, ७० वर्षदेखि ८० वर्ष पुगेका ६९, ८१ वर्ष नाघेका १० जना गरी जम्मा ६ सय ९५ जनालाई प्रत्येक वर्ष सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएको छ ।
झापा । सहारा नेपाल बचत तथा ऋण सहकारीले सदस्यलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । साहारा नेपाल सेवा केन्द्र दूधेले सदस्यलाई चाडवाडको अवसरमा सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । मंगलबार दूधेको संयुक्त भूपु शैनिक कार्यालयको सभाहलमा कार्यक्रमको आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्दै शिवसताक्षी नगरपालिकाका उप–मेयर भोजकुमारी नेपालले साहारा साकोस वित्तीय कारोबारसँगै समाजलाई प्रत्यक्ष फाइदा पुग्ने काम गर्दै आएकोले संस्थालाई जिम्मेवारी पूर्वक काम गर्न सक्ने बनाउन सेयर सदस्यहरु कर्तव्यनिष्ठ भएर लाग्नुपर्ने बताइन् । कार्यक्रममा साहारा साकोस नेपालका उपाध्यक्ष पवित्रा लिम्बू समेत एकल महिला भएकोले सम्मान गर्दै उक्त कार्यक्रममा चेक हस्तान्तरण गरिएको थियो ।
संस्थाले एकल महिलाहरुलाई प्रत्येक वर्ष चाडवाडको मुखमा ८ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । दूधे सेवा केन्द्रमा मात्रै ६१ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन । क्षेत्र इन्चार्ज चुडामणी कट्टेलका अनुसार अशक्तहरुलाई घरमै पुगेर भत्ता वितरण गरिने छ भने टाढा रहेकाहरुलाई आफ्नो सेयर सदस्य खाता मार्फत वितरण गरिने जनाएको छ ।
प्रत्येक वर्ष वितरण गरिने सााजिक सुरक्षा भत्ता यस पटक कोभिड १९ कोरोना भाइरस संक्रमणको कारण आफ्ना सेवा केन्द्रमार्फत वितरण गरिएको हो । संस्थाका १ लाख ४० हजार सदस्यहरु छन । जस अनुसार एकल पुरुष ६, अपाङग दुई, एकल महिला ५ सय १०, ६५ वर्षदेखि ७० वर्ष पुगेका ९८, ७० वर्षदेखि ८० वर्ष पुगेका ६९, ८१ वर्ष नाघेका १० जना गरी जम्मा ६ सय ९५ जनालाई प्रत्येक वर्ष सामाजिक सुरक्षा भत्ता वितरण गरिदै आएको छ ।
संस्थाले वार्षिक रुपमा ५३ लाख ७६ हजार सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको क्षेत्र इन्चार्ज कट्टलले जानकारी दिए । उनीहरुलाई आफ्नो सेवा केन्द्रबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ । सहयोग समिति संयोजक शिवमाया थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सहयोग उप–समितिका सदस्य धनमाया थापाले गरेका थिए भने सञ्चालन दूधेसेवा केन्द्र प्रमुख मेनुका शिवाकोटीले गरेकी थिइन ।
Leave a comment