हाइलाइट

सहकारीको साख बढाउन म्यानेजर्सहरुको भूमिका महत्वपूर्ण हुन्छ 

सहकारीको साख बढाउन म्यानेजर्सहरुको भूमिका महत्वपूर्ण हुन्छ  :: Sahakari Akhabar

बागलुङ । प्रतिनिधि सभाका सदस्य मनकुमारी जिसी केसीले आम समुदायको दुखको साथी बनेको सहकारी क्षेत्रको साख बढाउनका लागि म्यानेजर्सहरुको भूमिका प्रभावकारी बनाउनु पर्ने बताएकी छन् । कोअपरेटिभ म्यानेजर्स क्लव (सिएसी) बागलुङले सोमबार आयोजना गरेको जिल्ला सहकारी संघ तथा विषयगत सहकारी संघका अध्यक्षहरुसंगको परिचय तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै सांसद केसीले सहकारी क्षेत्र आम समुदायको विपदको साथी बन्दै गएको बताइन ।

उनले कतिपय सहकारीहरुका कारण यसलाई कमजोर बनाउने काम पनि हुदै आएकाले यसको साख बचाउनका लागि म्यानेजर्सहरुको भूमिकालाई शसक्त बनाउनु पर्ने बताइन् । सहकारी अभियानलाई बलियो बनाउनका लागि अभियानकर्मीहरुको ऐक्यवद्धतामा जोड दिदै सांसद केसीले क्षणिक फाइदाका लागि अभियानलाई कमजोर बनाउने काम गर्न नहुने बताइन् । उनले सहकारी ऐनमा भएका कमी कमजोरी सच्याएर अगाडि बढ्नु पर्ने बताइन् ।

कार्यक्रका वक्ताहरुले सहकारीका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्दै सहकारी अभियानलाई थप प्रभावकारी बनाउन म्यानेजर्स क्लवको भूमिका प्रभावकारी बनाउन सुझाव दिएका छन् । क्लवका अध्यक्ष दिपक राजभण्डारीले क्लवको उद्देश्य र आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । उनले सहकारीका कर्मचारीहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिसंगै सहकारी क्षेत्रमा देखिएका संभावनाहरुलाई अगाडि बढाउन र चुनौतीहरुको सामनाका लागि एकतावद्ध भएर अगाडि बढ्नका लागि क्लव गठन गरिएको बताए ।   
 



Leave a comment