भक्तपुर । सामुहिक साकोस र कल्याण साकोसबीच एकिकरण हुने भएको छ । सामुहिक साकोसको २३ औं स्थापना दिवस कार्यक्रममा दुई संस्थाबीच एकिकरण गर्ने सहमतिको घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारी संस्थाहरु सहकारी मूल्य मान्यता, ऐन नियम तथा समुदायमा आधारित भएर संचालन हुर्नुपर्नेमा जोड दिए । उनले सामूहिक साकोस पनि त्यस मध्यकै एक संस्था भएको बताए ।
कोरोना भाइरसको असरले सदस्यमा परेको आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक असरले संस्थाको वित्तीय व्यवस्थापनमा पनि प्रत्यक्ष प्रभाव पर्ने भएकोले त्यस प्रकारको चुनौती सामना गर्नको लागि अग्रिम तयारी गर्नु पर्ने उनले जनाए । संस्था एकीकरण गर्दा सबैजना भावनात्मक रुपमा पनि एक हुनुपर्ने उनको भनाई थियो ।
सामुहिक साकोसका अध्यक्ष धनेशराज राजोपाध्याय र कल्याण साकोसका अध्यक्ष गंगाप्रसाद ख्याजुबाट संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरी एकीकरण सहमतीलाई मूर्तरुप दिएको बताइएको छ । अध्यक्ष राजोपाध्यायले सामूहिक साकोसले गत वर्ष पनि दुइवटा संस्थासँग एकीकरण गरेको र आजबाट कल्याण साकोस पनि सहकारी एकीकरण अभियानमा हातेमालो गर्न आएकोले सहकारी अभियानलाई अगाडि बढाउन अझ उर्जा मिलेको बताए ।
कल्याण साकोसका अध्यक्ष गंगाप्रसाद ख्याजुले सदस्यले पाउने वित्तीय सेवाको गुणस्तर बुद्धि गर्न अहिलेको अवस्थामा संस्था एकीकरण अपरिहार्य र अनिवार्य रहेको बताए ।
Leave a comment