काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारीमा कात्तिक १५ गतेदेखि लागु हुने सन्दर्भ ब्याजदर कार्यान्वयन गर्नै पर्ने बताएका छन् । उनले सहकारीमा लागेको बढी ब्याज लिने र ठग्छन् भन्ने आरोपलाई निराधार गर्न पनि सन्दर्भ ब्याजदर कार्यान्वयन गर्नै पर्ने बताएका हुन् ।
काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को १७ औं बार्षिक साधारण सभामा बोल्दै अध्यक्ष कंडेलले भने “कात्तिक १५ बाट लागु हुने सहकारीको १४ दशमलव ७५ प्रतिशत ब्याजदर कार्यान्वयन गर्नै पर्छ । त्यसले सहकारीले बढी ब्याज लिन्छन्, ठग्छन् भन्ने आरोपलाई निराधार बनाउनु पर्ने छ ।” उनले एक स्थानीय तह एक सहकारीको सदस्य निति अभियनको सहमती भएकै विषय भएको भन्दै धेरैवटा संस्थाको सदस्यता लिने प्रवृतिले राम्रो नगर्ने बताए ।
सदस्यताको विषय अदालतमा पुगेको हुनाले अदालतको फैसला पर्खन आग्रह समेत गरे । उनले मन्त्रालयसंग कोभिडको समयलाई शुन्य समय मानेर एक वर्षसम्मलाई छुट दिनुपर्ने माग राखेको जानकारी दिए ।
एकैदिन स्थापना दिवस र साधारणसभा सम्पन्न
काठमाडौं बचत तथा ऋण सहकारी संघ(कास्कून)ले एकै दिन स्थापना दिवस तथा बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार भर्चुअल रुपमा आयोजना गरेको १८ औं स्थापना तथा १७ औं बार्षिक साधारण सभा कार्यक्रममा विभिन्न ब्यक्तीहरुले शुभकामना ब्यक्त गरेको थिए । कार्यक्रममा संघले उत्कृष्ट संघसंस्था तथा ब्यक्तीत्वहरुलाई सम्मान तथा पुरस्कृत पनि गरेको छ ।
पुरस्कृत तथा सम्मान पाउने संस्था र ब्यक्तीहरु
उत्कृष्ठ ब्यवसाय साकोस सम्मानबाट वेष्र्टन ऋतम्भरा बचत तथा ऋण सहकारी, पुरस्कृत भएको भने, अधिक शेयर खरिद साकोस सम्मानबाट सत्कार बचत तथा ऋण सहकारी पुरस्कृत भएको छ । त्यसैगरी उत्कृष्ठ साकोस सम्मान चन्द्रागिरि बचत तथा ऋण सहकारीले पाएको छ भने अधिक बचत कारोबार साकोस सम्मान कोल्मतेश्वर बचत तथा ऋण सहकारीले पाएको छ । यो वर्ष कास्कून वर्ष ब्यक्ती अभियान्ता सम्मानबाट पूर्व लेखा समिति सदस्य हरिशरण थापा सम्मानीत भएका छन् भने उत्कृष्ठ कर्मचारी कास्कूनका ब्यवस्थापक अरुण तिवारीले पाएका छन् ।
संस्थाका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष निरञ्जन सेढाइले संघको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संघमा ७ सय सदस्य, २ करोड ४३ लाख ९४ हजार शेयर पूंजी, ७२ करोड ८७ लाख बचत, २ करोड २४ लाख कोष तथा ९४ करोड कुल कारोबार भएको जानकारी दिएका छन् ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम, राट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाजु, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाललगायतले शुभकामना ब्यक्त गरेका थिए ।
Leave a comment