ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारी वित्तीय प्रारुप सम्बन्धी भर्चुअल अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सहकारी संघ÷संस्थाहरुको नीतिगत, संस्थागत तथा व्यवस्थापकिय क्षमता अभिबृद्धि गर्न जिआइजेड एलपिइडिको सहयोगमा सहकारी संघहरुको लेखा व्यवस्थापनमा संलग्न पदाधिकारी तथा कर्मचारीहरुकोलागि तालिम संचालन गरेको हो । तालिमममा बाँके, बर्दिया, कैलाली, प्यूठान, रुपेन्देही, दाङ र सुर्खेतलगायतका जिल्लाबाट सहभागीता रहेको थियो ।
तालिमको भर्चुअल रुपमा समापन गदैै महासंघका अध्यक्ष मिनराज कडेलले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्वारा वित्तीय प्रारुपको तर्जुमा गरि लागु गरिएकाले सहकारी संघ÷संस्थाहरुलाई पारदर्शी बनाउन तालिम महत्वपूर्ण रहेको बताए । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन ।
उनले पारदर्शी रुपमा हिसाब राख्नकालागि चार्ट अफ एकाउन्ट निकै महत्वपूर्ण रहेको बताइनु । प्रशिक्षक कुवेर निरौलाले वित्तीय प्रतिवेदनको अवधारणा र सहकारीको लागि नेपाल वित्तीय प्रतिवेदनको प्रारुपका प्रावधानहरु, सहकारी संस्थाका लागि तयार गरिएको आर्थिक संकेत र वर्गिकरणको प्रावधानहरुलगायतका विषयमा प्रस्तुती गरेका थिए ।
Leave a comment