पोखरा । कोअपरेटिभ मेनेजर्स क्लव (सिएमसी) कास्कीको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष डम्मरसिंह बस्नेतको सभापतित्वमा भर्चुअलरुपमा सम्पन्न संस्थाको निर्वाचन सहितको साधारण सभामा संस्थाका कोषाध्यक्ष हरीप्रसाद पन्थीले चालु आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले संस्थाले पोखरा नगरपालिकाको विपद कोषमा १ लाख ११ हजार ३ सय ३३ रुपैंया सहयोग गरेको जानकारी दिए । साथै संस्थाले सहकारीका निकायसंग समन्वय गरी विभिन्न कार्य गरेको जानकारी गराए । उनले संस्थामा १०९ जना जना सदस्य आवद्ध रहेको र ४,४८,४४० को कारोबार गरी ४,१५,१८६ खर्च भएको तथा ३३,२५४ बचत रहेको जानकारी गराए । भर्चुअल सभामा अध्यक्ष बस्नेतले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले संस्था ०७५ श्रावण २२ गते स्थापना भएको जानकारी दिए । त्यसैेगरी आगामी दिनमा कास्कीका सबै सहकारी संस्थाका ब्यवस्थापकहरुलाई क्लवमा आद्ध गराई ब्यवस्थित र गुणस्तरिय तालिम संचालन गर्नुपर्ने बताए । उनले बजार प्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि तालिम तथा कुशल र गुणस्तर कर्मचारी उत्पादन गर्न सिएमसी कास्की लाग्नु पर्ने बताए । उनले ऋण ब्यवस्थापन, संरक्षित पूंजी फिर्ता कोष लगायतका विभिन्न तालिमका साथै अध्यायन भ्रमण कार्यक्रम संचालन संचालन गर्नु पर्ने आबश्यकता देखिएको अध्यक्ष बस्नेतले बताए ।
कार्यक्रममा पमुख अतिथि राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले कर्मचारीको ब्यक्तीगत खुसी र आत्मसन्तुष्टीलाई पनि संगसंंैगै लानुपर्ने बताए । सहकारीमा देखिएका विकृतिलाई सुधार गर्दै लैजानु पर्ने जिम्मेवारी रहेको पनि बताए । ब्यवस्थापकहरुको संगठनले नियमनकारी भूमिकापनि निभाउनु पर्ने बताए । सहकारीमा कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण जस्ता कुरा सहकारीको भिन्नै हुने की राज्यकै संरचनामा जोडिएर सूचना प्राप्त गर्ने भन्ने पनि हामीले निणर्य गर्नु पर्ने भएको बताए । भइरहेकोमा जाँदा खर्च कम हुने कुरा गभर्नरले पनि गर्नु भएको जानकारी दिए ।
अभियानले छुट्टै माग गरिरहेकोले के आबश्यकता हो हामीले छलफल गर्नु पर्ने भएको छ उनले भने । बैंकसंग संस्थाहरुले बचतमा ब्याज बढी मागेको अवस्था रहेको र सहकारीको डिजिटल्ली सेवा रणभूल्ल भएको पनि बताए । उनले डिजिटल्ली सेवा आबश्यकता कसको भन्ने भएको छ, कस्ट हाई छ । सदस्यलाई पुस एण्ड पुल गरेर सेवा दिनु पर्ने समय आएको र संस्थाहरुले सहकारी मूल्य र सिद्दान्तमा पनि रहेर सेवा दिनु पर्ने बताए ।
संस्थाको निर्वाचन उपसमितिले वर्तमान कार्यसमिति लाईनै सर्वसम्मत निर्वाचित गरेको जानकारी गराएका छन् । कार्यक्रममा संस्थाका सस्थापक अध्यक्ष मिलन ढकाल, मानार्थ सदस्य भिम गुरुङ, भोजराज घिमिरेले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम संस्थाका उपाध्यक्ष अपिल कोइरालाले संचालन गरेका थिए ।
Leave a comment