झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्था ११ वर्षमा प्रवेश गरेको छ । २०६७ साल असोज २२ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको संस्था आजबाट ११ वर्ष प्रवेश गरेको हो । ४४ जना सदस्यबाट एक हजार शेयर संकलन गरी सुृरु भएको संस्थाले ६० करोडको कारोबार गर्दै आएको छ ।
बिर्तामोडको भद्रपुर रोडमा मुख्य कार्यालय रहेको संस्थाको राजगढ र गरामनी सेवा केन्द्रबाट पनि सदस्यलाई वित्तीय सेवा प्रवाह गर्दै आएको छ । संस्थामा हालसम्म ७ हजार १ सय ९२ सदस्य रहेका छन् । संस्थाको सेयर पुँजी ४ करोड ८० लाख ३९ हजार ७ सय रहेको छ । ५५ करोड १७ लाख बचत तथा ५३ करोड ४० लाख ऋण लगानी संस्थाले गरेको छ । संस्थामा ३२ जना कर्मचारी कार्यरत छन् ।
संस्था ११ औं वर्षमा आईपुग्दा आफ्नै भवन खरिद गर्न सक्षम भएको संस्थाका अध्यक्ष दीपेन्द्र राउतले जानकारी दिए । विर्तामोडको भद्रपुर रोडमा ४ तलासहितको भवन खरिद गरिएको उनले बताए । ‘सदस्यहरुको विश्वास, भरोषा र निरन्तर कारोबार नै शिखर साकोसको उपलब्धी हो’, अध्यक्ष राउतले भने, ‘अब केही महिनामा नै हामी आफ्नै भवनबाट सेवा सुचारु गर्नेछौं ।’ संस्थाले स्थापना दिवसको अवसरमा साना उद्यमीहरुलाई ८ प्रतिशत ब्याादरमा लगानी गर्ने घोषणा गरेको छ । अन्य कर्जाहरुमा ११.९९ देखी १४.७५ प्रतिशत भन्दा बढि नहुने अध्यक्ष राउते बताए । स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत शनिश्चरे स्थित अपाङ्ग बाल सरोकार केन्द्रमा खाद्यन्न वितरण गर्ने उनले जानकारी दिए ।
Leave a comment