सिवाइसी साकोसको ई-टेलर सेवा सुरु

सिवाइसी साकोसको ई-टेलर सेवा सुरु :: Sahakari Akhabar

बागलुङ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई—टेलर सेवा सञ्चालनमा ल्याएको छ । संस्थाले ११ औ समृद्धि दिवसको अवसर पारेर ई–काउन्टर सेवा शुभारम्भ गरेको हो । संस्थका सदस्यलाई ई—टेलर सेवा बाट कारोबार गर्न सुरुवात गरेको छ ।

यो सेवामार्फत सदस्यले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने सुबिधा रहेको संस्थाले जनाएको छ । ई टेलर बाट भुक्तानी लिन चेकको झंझट नहुने मोवाइ एप मार्फत एक दिनमा १ लाख र एक महिनामा १० लाखसम्म भुक्तानी पाउने निति सहकारी बनाएको छ ।

सेवाको शुभारम्भ गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सहकारीले ल्याएको कार्यक्रम प्रभावकारी भएको हुदा यसलाई दिगो र भरपर्दो बनाउन जरुरी भएको बताए । सहकारीले यस अघि रेमिटान्स सेवा, मोवाइल बैकिङ, एटिएम, क्युआर कोड, मिस्डकल बैंकिङ सेवा, ट्याब्लेट बैकिङ, सुत्केरी पोषण सुविधा, जेष्ठ नागरिक पेन्सन सुविधा, एकल महिला पेन्सन सुविधा, चौरासी पूजा सुविधा, नयाँ बुहारी स्वागत कार्यक्रम, छात्रवृत्ति कार्यक्रम, औषधी उपचार सुविधा, दुर्घटना राहत सुविधा, प्राकृतिक प्रकोप राहत सुविधा, बिमा सुविधा जस्ता कार्यक्रम ल्याएको छ ।

संस्थामा ११ हजार ७ सय २४ शेयर सदस्य, २१ करोड ९८ लाख १८ हजार शेयर पूँजी, १ अरब २७ करोड ८० लाख वचत, ९१ करोड ८ लाख ३ हजार ८ सय ६१ ऋण लगानी तथा कोष ६ करोड ७२ लाख ४९ हजार ४ सय ६१ रुपैंया रहेको सहकारीको कुल सम्पत्ति १ अरब ७१ करोड ४१ लाख ५४ हजार ४६ रुपैयाँ रहेको छ ।



Leave a comment