काठमाडौं । राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरुले नेपाल सरकारका नवनियुक्त मुख्य सचिव शंकरदास वैरागी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई भेटेका छन् ।
भेटमा महासंघले नवनियुक्त मुख्य सचिवलाई संविधानको भावना अनुरूप सहकारीले उत्पादन, प्रशोधन, उद्योग एवंम सेवा लगायतका समर्ग क्षेत्रमा कार्य गर्न पाउने गरी नीति तथा कानुन निर्माण गर्ने वातावरण तयार गरी दिन आग्रह गरेको थियो । मुख्य सचिव वैरागीले समग्र क्षेत्रको पूर्वाधार विकास, सुशासन र सेवा प्रवाहलाई चुस्त दुरूस्त बनाउने कार्यमा सहकारी क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने हुँदा सोही अनुसार सहकारी क्षेत्रलाई प्राथमिकतामा राखि योजना बनाउने प्रतिवद्धता जनाए ।
साथै उनले सहकारी क्षेत्रका मुद्धाहरूमा आवश्यक छलफल गर्न उपयुक्त समयमा बैठक बोलाउने बताए । त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी क्षेत्रको प्रवद्र्धन र विकासका लागि औपचारिक पाठ्यक्रममा सहकारी विषय समावेश गरिने बताए । सहकारी विद्यालय संचालनका लागि आवश्यक कानुन संशोधन गर्ने समेत उनले बताए ।
Leave a comment