भक्तपुर । सूर्य विनायक नगरपालिका ४ गाम्चास्थित छहारी बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको अवस्थामा रगतको अभाव बढेपछि त्यसलाई केहि मात्रामा भएपनि आपूर्ति गर्ने उद्देश्यले संस्थाले रक्तदान आयोजना गरेको हो ।
संस्थाको आयोजना र नेपाल रेडक्रस सोसाइटी दधिकोट उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको संस्थाका अध्यक्ष कृष्णहरि खड्काले जानकारी दिए । रक्तदान कार्यक्रममा १२ महिला र ४१ जना पुरुषले गरी ५३ जनाले रक्तदान गरेको उनले बताए ।
कोरोना भाइरसको संक्रमण बढेसँगै रक्तदान कार्यक्रमहरु पातलिँदै गएको छ । भौतिक रुपमा ठूलो संख्यामा उपस्थित भएर रक्तदान गर्न अनुकूल परिस्थिति नरहेकाले रगतको अभाव बढ्दै गएको हो । यसलाई परिपूर्ति गर्न हामीले रक्तदान आयोजना गरेका हौं, उनले भने, संस्थाले समयसमयमा यसप्रकारका सामाजिक गतिविधिहरु गर्दै आएको छ ।
Leave a comment