नगर प्रमुख दाहालद्धारा सहकारीको तोरी मिल उद्धघाटन

नगर प्रमुख दाहालद्धारा सहकारीको तोरी मिल उद्धघाटन :: Sahakari Akhabar

चितवन । भरतपुर महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरपालिका –६ मा रहेको सर्व शुलभ सहकारीले संचालन गरेको तोरी मिलको उद्धघाटन गरेकी छन् । आज एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेणु दाहालले सहकारसि. संचादन गरेको तोरी मिलको उद्धघाटन गरेकी हुन् ।

मेयर दाहालले भरतपुर महानगरपालिका कृषि क्षेत्रको समग्र विकासको लागि विभिन्न कार्यक्रममा केन्द्रित रहेको बताइन् । उनले कृषि अनुदान, कृषि परियोजनामा महानगरले लगानी गरिरहेको बताइन् । सहकारीद्धारा संचालीत तोरी मिल महानगरको कृषि तथा पशुपक्षी शाखाको ५० प्रतिशत साझेदारीमा संचालनमा आएको हो ।

मिलको लागत ६ लाख १८ हजार २ सय १७ रुपैया छ । भरतपुर महानगरको ३ लाख ५० हजार र सस्थाको २ लाख ६८ हजार २ सय १७ रुपैया लगानी छ । १४ वर्ष अघि स्थापना भएको सस्थामा ३० महिलासहित १ सय ६९ जना सदस्य छन् । सहकारी संस्थाले धान, गहुँ, मकै, मसला आदि कुटानी पिसानी समेत गर्दै आएको छ ।



Leave a comment