हाइलाइट

आदर्श सञ्चार सहकारीद्वारा जेष्ठ नागरिकलाई सम्मान

आदर्श सञ्चार सहकारीद्वारा जेष्ठ नागरिकलाई सम्मान :: Sahakari Akhabar

बागलुङ । आदर्श सञ्चार सहकारी संस्थाले अन्तराष्ट्रिय जेष्ठ नागरिकको दिबसको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्यलाई सम्मान गरेको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै संघीय सांसद तथा आदर्श सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष मनकुमारी केसीले समाज रुपान्तरणमा जेष्ठ नागरिकहरुको महत्वपूर्ण भूमिका रहेकाले उनीहरुलाई सबैले सम्मान गर्नु पर्ने बताइन् ।

सहकारी क्षेत्रले समाजका प्रवुद्ध जेष्ठ नागरिकलाई सम्मान गर्नु पर्ने उनको भनाई थियो । संस्थाका जेष्ठ शेयर सदस्य प्रेम छोटा, देव बहादुर श्रेष्ठ, मती कार्की, हर्क बहादुर खत्र्री, हरीकला खत्री, सिन्दुर कुमारी श्रेष्ठ, तुलसी देवी कार्की लगायतलाई सम्मान गरिएको थियो ।

सहकारीमा ७० वर्ष पुरा गरी मासिक पेन्सन प्राप्त गर्ने २४ जना जेष्ठ सदस्यहरुलाई मासिक ३ सय रुपैयमा जेष्ठ नागरिक पेन्सन वितरण गर्दै आएको छ । जेष्ठ नागरिक पेन्सन कोष स्थापना गरी ७० वर्ष पुरा भएका जेष्ठ नागरिकहरुलाई पेन्सन वितरण गर्दै आएको र आगामी दिनमा यो रकमलाई थप गर्दै लगिने अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) ले बताइन । 



Leave a comment