हाइलाइट

सहकारी बैंकको बिहिबार  प्रदेश २ मा छलफल सम्पन्न

सहकारी बैंकको बिहिबार  प्रदेश २ मा छलफल सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आयोजनामा बैंकको प्रगति समिक्षा एवम् भावी कार्यदिशा ः सभावना र चुनौती विषयक एक दिने प्रदेश नं. २ स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीवारवार सम्पन्न भएको छ ।

कोरोना संक्रमणका कारण सहकारी सञ्चालनमा देखिएका समस्याहरुको पहिचान र समाधानका लागि सहकार्य गर्ने उद्देश्यका साथ देशव्यापी रुपमा अन्तरक्रिया शुरु गरिएको बैंकले जनाएको छ ।

बैंकले बुधवार प्रदेश नं. १ बाट प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम शुरु गरेको हो । प्रदेश नंं. २ मा रहेका जिल्ला स्तरीय सहकारी संघका अध्यक्षहरु, विषयगत सहकारी संघका अध्यक्षहरु, बैंकका शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्यहरु, २ नं. प्रदेशबाट राष्ट्रिय सहकारी महासंघ, केन्द्रीय विषयगत सहकारी संघहरुमा प्रतिनिधित्व गर्ने सहकारी अगुवाहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कोरोना संक्रमणका कारण उत्पादन असहज परिस्थितिमा बैंकले कस्तो योजना बनाएर अगाडि बढ्दा समग्र सहकारी क्षेत्रको विकासमा सहयोग पुग्न सक्छ ?, सरोकारवाला निकायहरुसंग कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा कार्यक्रममा छलफल भएको थियो ।

कार्यक्रममा    सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सिंगो सहकारी अभियान एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिदै सहभागीहरुले सहकारी बैंकको विकल्पमा अर्को बैंकका चर्चा चलाएर अभियानलाई कमजोर बनाउन नहनेमा जोड दिएका थिए ।
सहकारी बैंक सक्षम हुदै गएकाले यसलाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि प्रविधिको अधिकतम उपयोग, राज्यले सहकारी क्षेत्रमा परिचालन गर्ने रकम सहकारी बैंकमार्फत लगानी गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताएका थिए । बैंकका अध्यक्ष के.बीं उप्रेतीले सदस्यको माग, चाहना र आवश्यकतालाई ध्यान दिएर बैंकले आगामी योजनाहरु निर्माण गर्ने बताए ।

प्रदेश नं. २ का सांसद शिवचन्द्र चौधरी, जिल्ला समन्वय समिति रौतहटका संयोजक राम यकपाल यादव, राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामबाबु यादव, उखु केन्द्रीय सहकारी संघका अध्यक्ष रामचन्द्र सिंह कुशवाह, जिल्ला सहकारी संघ पर्साका सञ्चालक अशोककुमार गुप्ता, जिल्ला वचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष बाबुराम घिमिरे, जिल्ला वचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सत्यन्द्र ठाकुर, जिल्ला वचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डित, सहकारी बैंक समन्वय समितिका संयोजक तथा सदस्यहरु गणेश आस, सुरेश प्रसाद यादव लगायतले सुझावदिएका थिए । कार्यक्रममा बैकको वर्तमान अवस्था, आगामी योजना लगायत वित्तीय व्यवस्थापनमा बैंकले गर्ने कार्यहरुका बारेमा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले जानकारी गराएका थिए ।



Leave a comment