हाइलाइट

कास्कीका सहकारीकर्मीलाई योग सचेतना

कास्कीका सहकारीकर्मीलाई योग सचेतना :: Sahakari Akhabar

बागलुङ, १४ असोज । कास्कीका सहकारीहरुबीच एक दिने प्राकृतिक चिकित्सा र योगको भूमिका विषयक सचेतना कार्यक्रम बुधवार सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण उत्पन्न संकटलाई सहज रुपमा रुपान्तरणमा सहयोग पु¥याउने उद्देश्यका साथ योग सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला सहकारी संघ कास्कीको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा सामुदायिक प्राकृतिक चिकित्सालय रजहर नवलपुरका निर्देशक डा. विनोद पौडेलले सहजीकरण गरेका थिए । कोरोना रोगको परिचय, यसले समाजमा पार्न सक्ने प्रभाव, कोरोनाबाट जोगिने उपाय र आम समुदायलाई यसका बारेमा दिनु पर्ने सचेतनाका बारेमा पौडेलले जानकारी गरायका थिए । उनले कोरोनाले अन्य रोग लागेका व्यक्ति, बृद्ध बुद्धाहरुलार्ई छिटो संक्रमण गर्ने भएकाले सचेत रहन आव्हान गरे ।

जिल्ला सहकारी सघ कास्कीका अध्यक्ष रविरमण तिवारीको अध्यक्षता सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीलगायतको सहभागीता थियो । 
 



Leave a comment