हाइलाइट

सहकारी बैंकको प्रदेश १ मा भर्चुअल अन्तरक्रिया सम्पन्न 

सहकारी बैंकको प्रदेश १ मा भर्चुअल अन्तरक्रिया सम्पन्न  :: Sahakari Akhabar

काठमाडौं, १४ असोज । राष्ट्रिय सहकारी बैंकले एक दिने प्रदेशस्तरिय अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आज प्रदेश एकमा रहेका सहकारी संघसंस्थाहरुसंग भर्चुअल कार्यक्रम गरेको हो । कार्यक्रममा बैंकको समिक्षा तथा भावी कार्यक्रमहरुकोपनि छलफल गरिएको बताइएको छ ।

बैंक मार्फत सहकारी अभियानलाई थप प्रभावकारी र व्यवस्थित गराउन तथा बैंकका चालु आर्थिक वर्षका साथै आगामी वर्षका योजनाहरुको बारेमा जानकारी गराउनुका साथै सुझाव संकलन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाएको छ । कार्यक्रमका सहभागीहरुले बैंकलाई सहकारी संघ सस्थाको संस्थागत विकास र प्रवद्र्धनका लागि थप प्रभावकारी बनाउन सबैको सहयोग र समन्वय आवश्यक रहेको बताएका थिए ।

सहकारीमा दोहोरो सदस्यताका विषयमा विवाद सिर्जना गरेर सहकारी क्षेत्रलाई कमजोर बनाउने खेल भइरहेको भन्दै सहकारी अभियानका अगुवाहरु सचेत बन्नु पर्नेमा जोड दिएका थिए । दोहोरो सदस्यताले राज्य र सहकारी अभियानलाई के घाटा प¥यो ? भन्दै ऐन संशोधनका लागि आग्रह गरेका थिए । सहकारी क्षेत्रमा अर्को बैंक आउने हल्ला सुनिएको भन्दै सहभागीहरुले अर्को बैंक ल्याउने भन्दा पनि यसैलाई थप व्यवस्थित, प्रभावकारी र सबै क्षेत्रमा पुग्न सक्ने बैंकका रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए । कोरोना संक्रमणका कारण समस्यामा परेका सहकारीहरुलाई सहज रुपमा पुरानै अवस्थामा पु¥याउनका लागि सहकारी बैंक सहित अभियानको सहयोग र समन्वय आवश्यक रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा जिल्ला सहकारी संघ इलामका अध्यक्ष विष्णुदेवी दाहाल, जिल्ला सहकारी सहकारी संघ ताप्लेजुङका अध्यक्ष तामन सिग्देल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल, संघका सल्लाहकार रामचन्द्र गौतम, बहुउद्देश्यीय सहकारी संघ सुनसरीका अध्यक्ष केदार न्यौपाने, कृषि सहकारी संघ सुनसरीका अध्यक्ष कुशलचन्द्र विश्वास, कृषि सहकारी संघ मोरङका अध्यक्ष देवेन्द्र पौडेल, सन्तोष खतिवडा, महेन्द्र ढकाल, मेची सहकारी संस्था झापाका प्रमुख कार्यकारी अधिकृत खोम बगाले लगायतले सुझाव राखेक थिए ।

कार्यक्रममा सहभागीहरुले उठाएका सवालहरुका बारेमा बैंकका अध्यक्ष के.बीं उप्रेती, निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल, लेखा समितिका संयोजक लक्ष्मीप्रसाद उप्रेती, सञ्चालक अमृता सुब्बाले बैंकको नीति, सहकारी सम्बन्धी पछिल्लो अवस्था र बैंक सहित अभियानका तर्फबाट भैरहेका प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।         
     
 



Leave a comment