सहकारीको पहिलो सूचना केन्द्रमा १० हजार ऋणीको बिबरण सुचिकृत 

सहकारीको पहिलो सूचना केन्द्रमा १० हजार ऋणीको बिबरण सुचिकृत  :: Sahakari Akhabar

काठमाडौं । देशमै पहिलो पटक स्थापना भएको सहकारीको सूचना केन्द्रमा १० हजार बढी ऋणीहरुको बिबरण उपलब्ध भएको छ । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले थालनी गरेको सहकारी सूचना केन्द्रमा १० हजार बढी ऋणी सदस्यहरुको बिबरण संकलन गरिएको हो ।

संघले असोज ११ गते सूचना जारी गरी जिल्लाका सबै सहकारीलाई ऋणी सदस्यको बिबरण उपलब्ध गराइदिन आग्रह गरेको छ । सबै सहकारीहरुलाई सूचना केन्द्रको सदस्यता र संस्थागत बिबरण अनिवार्य बुझाउन सूचनामा  भनिएको छ । सूचनामा संघले बिना शुल्क सदस्यको बिबरण राख्ने र बिना शुल्क संस्थाको अख्तियार प्राप्त ब्यक्तीलाई सूचना उपलब्ध गराउने जनाएको छ ।

संस्थाले ऋण लगानी गर्नु पूर्व सूचना केन्द्रबाट सूचना लिई लगानी गर्न र आगामी कात्तिक मसान्त भित्र संस्थाका सदस्यहरुको बिबरण बुझाउन आग्रह गरेको छ । सूचना केन्द्रबाट सूचना आदान प्रदान गरी लगानी गर्दा संस्थाको ऋण जोखिममा न्यूनिकरण हुने भएकोले ऋण लगानी पूर्व सहकारी सूचना केन्द्रबाट ऋणीको जानकारी लिएर मात्र लगानी गर्न भनेको छ । ०७१ साल जेठ ९ गते पहिलो पटक काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी सूचना केन्द्रको थालनी गरेको थियो । संघमा ११६ वटा संस्थाले सदस्यता लिएको बताइएको छ । 
 



Leave a comment