हाइलाइट

गरिवी निवारणका लागि सहकारीको भूमिका बढाउनुपर्छ ः सचिव पाण्डे

गरिवी निवारणका लागि सहकारीको भूमिका बढाउनुपर्छ ः सचिव पाण्डे :: Sahakari Akhabar

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले नेपालको समृद्धिका लागि सहकारी क्षेत्रको बढाउन सबै क्षेत्रको सक्रियता आवश्यक रहेको बताएका छन् ।

नेटवर्क फर डेभलपमेण्ट अफ एग्रीकल्चर कोपअरेटिभस इन एशिया (नेडाक) र राष्ट्रिय सहकारी बैंकले बुधवार संयुक्त रुपमा आयोजना गरेको एप्रेजल अफ प्रोजेक्ट प्रोपजल्स फर फाइनान्सिङ बाई ल्याण्डिङ इन्स्टीच्यूसन सम्बन्धी कार्यक्रममा बोल्दै     सचिव पाण्डेले नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरणमा सहकारीको भूमिकाका बारेमा जानकारी गराउदै सहकारी क्षेत्रको दीगो विकास र गरिवी निवारणका लागि राज्य र सहकारीबीच समन्वयकारी भूमिकामा जोड दिनु पर्ने बताए ।

कृषि लगायत उत्पादनका क्षेत्रमा सहकारीको योगदान बढाउन तथा वित्तीय अनुशासनको पालना गरी विपन्न वर्गका जनताको जीवनस्तर माथि उठाउने गरी सहकारी क्षेत्रका पुँजि परिचालनका लागि सहकारी क्षेत्रको ध्यान जानुपर्छ सचिव पाण्डेले भन्नुभयो–सहकारीमार्फत गरिवी न्यूनिकरणका लागि सहकारीको सञ्चालन प्रक्रियालाई प्रभावकारी बनाउन आवश्यक छ ।

कारोना महामारीका कारण नेपालका सहकारी संघ संस्थाहरुको कर्जा कारोबारमा देखिएका चुनौतीहरु र समाधानका विषयमा समिक्षा तथा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । नेडाकका अध्यक्ष सन्दिप नायकले नेडाकको बारेमा जानकारी गराउँदै राष्ट्रिय सहकारी बैंकसंगको सहकार्यलाई निरन्तरता दिदै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र सहकारीको उपलब्धी बढाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा नेडाकका उपाध्यक्ष के.बी. उप्रेतीले कोरोना संकटका बीच पनि सहकारी क्षेत्रले वित्तीय, सेवा तथा उत्पादन क्षेत्रमा गरेको योगदान प्रभावकारी रहेको बताए । वित्तीय क्षेत्रमा देखिएको संकटसंगै कर्जा परिचालनमा चुनौती थपिएको भन्दै उप्रेतीले वित्तीय क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानका लागि सहकारी र राज्यका बीचको समन्वय आवश्यक रहेको बताए ।



Leave a comment