हाइलाइट

बाढी पीडितलाई जिल्ला संघको समन्वयमा सहयोग

बाढी पीडितलाई जिल्ला संघको समन्वयमा सहयोग :: Sahakari Akhabar

बागलुङ । जैमिनी नगरपालिकामा बाढीबाट पीडित बनेका ७ परिवारलाई जिल्ला सहकारी संघ र बागलुङ समाज पोर्चुगलका तर्फबाट २ लाख रुपैया राहत रकम प्रदान गरिएको छ । जिल्ला सहकारी संघका पदाधिकारीहरु पीडितको घरमा पुगेर राहत रकम हस्तान्तरण गरेका छन् ।

जिल्ला सहकारी संघले पहिरोमा परी मृत्यु भएका परिवारका सदस्यलाई जनही १५ हजारका दरले र घर क्षतिग्रस्त बनेका परिवारलाई ९ हजारका दरले आर्थिक सहयोग गरेको हो । यस्तै बागलुङ समाज पोर्चगलका तर्फबाट मृतकका परिवारका सदस्यलाई जनही १५ हजार ५५ र घर क्षतिग्रस्त बनेका परिवारलाई जनही ९ हजार १ सय ४० रुपैयाका दरले आर्थिक सहयोग गरेको हो ।

भदौ २८ र २९ गते आएको पहिरोमा परी जैमिनी नगरपालिका वडा नं. १ टुनीबोटका लक्ष्मीदेवी पाध्या र हरिकृष्ण शर्मा तथा वडा नं. ५ बिनामारेमा जाल्पा पाध्याको मृत्यु भएको थियो । पहिरोले वडा नं. १ टुनीबोटका पवित्रादेवी शर्मा, इन्द्र बहादुर क्षेत्री, नन्दलाल पौडेल, रिवनाथ पौडेल,, तारा बोहोरा क्षेत्री र शान्ति आचार्य क्षेत्रीको घर क्षतिग्रस्त बनेको थियो । पहिरो पीडितहरु यतिबेला छिमेकीको घरमा बसीरहेका छन् ।

बागलुङ लगायत छिमेकी जिल्लाका सहकारी संघ संस्थाहरुबाट रकम संकलन गरी पहिरो पीडितहरुका लागि सहयोग गरिएको जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिए । बागलुङबाट पोर्चुगलमा गई विभिन्न पेशा व्यवसायमा रहेकाहरुले गठन गरेको बागलुङ समाज पोर्चुगलका तर्फबाट जैमिनीमा पहिरोबाट पीडितहरुको सहयोगार्थ १ लाख रुपैया रकम सहयोग भएको राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले बताए ।
 



Leave a comment