काठमाडौं । जिल्ला सहकारी संघहरुमा रहने तरलताका विषयमा अभियानले आपत्ती जनाएका छन् । हालै जारी भएको बचत ऋणको मूख्य कारोवार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिकामा भएको ब्यवस्थाका विषयमा अभियानले छलmल चलायका हुन् ।
छलफलमा जिलला सहकारी संघहरुमा भएको तरलताको पनि गणना गरिनुपर्ने सहभागीहरुकले बताएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जारी गरेको बचत ऋणको मूख्य कारोवार गर्ने सहकारी संस्थाहरुको सुपरिवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ को दफा २२ को उपदफा २ मा सहकारी संस्थाहरूले प्रदेश तथा जिल्ला स्तरीय सहकारी संघमा राखेको वचत मौज्दात तरलतामा गणना नहुने उल्लेख गरेकोमा प्रदेश तथा जिल्लास्तरीय संघहरुले आपत्ति जनाएका छन् ।
भदौं ४ गते काठमाडौं, भक्तपुर, ललितपुर मकवानपुर, काभ्रेलगायतका जिल्ला सहकारी संघ तथा विषयगत जिल्ला संघहरु, बागमती प्रदेश सहकारी संघ तथा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले राष्ट्रिय सहकारी महासंघमा निर्देशिकाले सहकारी अभियानलाई कमजोर बनाउने भन्दै तत्काल संशोधनका लागि पहल गर्न माग गरेका छन् ।
जारी निर्देशिकामा क वर्गको बैंक, राष्ट्रिय सहकारी बैंक, साना किसान लद्युवित्त वित्तीय संस्था वा विषयगत केन्द्रीय संघमा जम्मा भएको मौज्दातलाई मात्रै तरलतामा गणना गर्ने उल्लेख छ । संस्थाहरुले जिल्लास्तरीय संघहरुलाई मजबुत बनाउनका लागि आफ्नो तरलता यस्ता संघहरुमा राख्दै आएका छन् । त्यसलाई मान्यता नदिने भएपछि जिल्लाको सहकारी अभियान कमजोर हुने भन्दै संसोधन गरिनु पर्ने बताए ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारीलाई निषेध गरेर सरकारको समृद्धि सपना पुरा नहुने भएकाले यस विषयमा सम्बन्धीत निकायलाई बुझाउने बताए । ‘सहकारीको हित विपरित हुने कुनै पनि गतिविधिलाई महासंघले समर्थन गर्दैन । यस विषयमा महासंघको स्पष्ट धारणा छ । नियामक निकायले पनि यसलाई सम्बोधन गर्नुपर्छ’ उनले भने ।
महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जिल्ला सहकारी संघ बलियो भयो भने मात्र सहकारी अभियान बलियो हुने भएकाले जिल्ला संघहरुलाई बलियो बनाउन महासंघको भूमिका रहदै आएको र आगामी दिनमा समेत रहने दावी गरिन् । महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीको पैसा सहकारीमा नै हुदा त्यसलाई तरलता नमान्ने विषय अभियानको हितमा नहुने भन्दै संशोधन गर्नुपर्ने बताए ।
नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समग्रतामा सहकारी एजेण्डा कमजोर भएको बताए । साथै राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले धेरै निर्देशिका अझै पाइपलाईनमा रहेकाले त्यस विषयमा अभियान चनाखो भई एकजुट भई अगाडि वढनुपर्ने धारणा राख्नुपर्ने बताइन् ।
कार्यक्रममा वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ, ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल, भक्तपुर जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्का बिचार राखेका थिए ।
त्यसैगरी जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाई, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी, काठमाडौं बचत संघका अध्यक्ष दिपक पनेरु, भक्तपुर बचत संघका अध्यक्ष कृष्णगोविन्द्र लाखाजु, ललितपुर मकवानपुर बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठ, ललितपुर बहुउद्देश्यीय संघका अध्यक्ष शरदकुमार महर्जनलगायतले निर्देशिका प्रावधानका विषयमा आपत्ति जनाउँदै सच्चाउन माग गरेका छन् ।
Leave a comment