धनगढी । सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता भएको छ । प्रदेश सहकारी ऐन २०७५ तथा नियमावली २०७६ बमोजिम प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता भएको हो ।
१५ सदस्यीय संचालक सदस्य रहेको संघ माधवप्रसाद जोशीको अध्यक्षतामा गठन भएको हो । संघमा उपाध्यक्ष सुरतबहादुर खड्का, सचिव तुलसी शर्मा, कोषाध्यक्ष शेरसिंह कार्की तथा सदस्यहरुमा खगेन्द्रप्रसाद धमला, अम्बर बहादुर पुन, मिना बिष्ट, दिपक बडुवाल, अम्बिका चौधरी, मोहन चन्द, पदमराज जोशी, भक्त बहादुर आले, हेमराज बिष्ट, मोनिका कुमारी शाह र श्यामसिंह सामन्त रहेका छन् भने लेखा समितिका संयोजक डिल्लीप्रसाद शर्मा तथा सदस्यमा पुण्य तिमल्सिना र गिता जोसी रहेका छन् । सुदूर पश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संघको दर्ता गरेको हो ।
Leave a comment