सहकारीको ब्याजदर पौने १५ प्रतिशत, कात्तिक १५ देखि लागु हुने 

सहकारीको ब्याजदर पौने १५ प्रतिशत, कात्तिक १५ देखि लागु हुने  :: Sahakari Akhabar

काठमाडौं । सहकारीहरुले ऋण लगानीमा लिने ब्याजदरमा परिमार्जन गरिएको छ । सन्दर्भ ब्याजदर निर्धारण समितिको आज बसेको बैठकले पहिलाको ब्याजदर परिमार्जन गरी दोश्रो पटक सहकारीको सन्दर्भ ब्याजदर तोकेको छ । असोज ५ गते बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिले सहकारीमा १४ दशमलब ७५ प्रतिशत ब्याजदर निर्धारण गरेको श्रोतले जनाएको छ ।

आज तोकियको ब्याजदर भने आगामी कात्तिक १५ बाट लागु हुने श्रोतले जनाएको छ । सहकारी संस्थाले ऋण लगानीमा लिने सेवा शुल्कको बारेमा समितिले निर्णय नगरेको श्रोतले जनाएको छ । 

 



Leave a comment