जिल्ला संघमा रहेको तरलतालाई पनि मान्यता दिनु पर्ने 

मन्त्रीकोमा डेलिकेशन जान्छौं, सहकारीकर्मी

जिल्ला संघमा रहेको तरलतालाई पनि मान्यता दिनु पर्ने  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले जिल्ला सहकारी संघमा भएको तरलतालाई पनि गणना गर्नुपर्ने बताएका छन् । उनले सहकारीका प्रारम्भिक देखि केन्द्रीय संघ सम्मले स्थापना देखिनै वित्तिय कारोबार गर्ने भएको हुनाले संघमा भएको तरलतालाई मान्यता दिनुपर्ने बताएका छन् ।

मन्त्रालयले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ संस्थाहरुको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका जारी गर्नुअघि नै विभागीय मन्त्री, सचिव र सहकारी विभागका रजिष्ट्रारलाई भेटेर प्रारम्भिक संस्थाले जिल्ला र प्रदेश स्तरीय संघमा समेत तरलता राख्नपाउने व्यवस्था गर्न सुझाव दिएपनि अभियानको सुझाव विपरित आएकोले मन्त्रीकोमा डेलिकेशन जाने तयारी भएको बताएका छन्

मौद्रिक नीति जारी भएपछि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेकाले अव सहकारीले पनि ब्याजदर घटाउनुपर्ने हुनसक्छ उनले भने । विभागले हालै जारी गरेको अनुगमन निर्देशिकामा सहकारीहरुले क बर्गको बाणिज्य बैंक, सहकारी बैंक र केन्द्रिय संघमा रहेको तरलतालाई मात्र मान्यता दिने र जिल्ला संघहरुमा रहेको तरलतालाई गणना गर्न नमिल्ले ब्यवस्था गरेको छ ।

सहकारीकर्मीहरुले यसमा विरोध जनाउदै संघमा भएको तरलतालार्य पनि गणना गर्नु पर्ने भन्दै काठमाडौं ललितपुर भक्तपुर काभ्रे र मकवानपुरका प्रतीनिधि हरुको महासङमा बैठक  बसेको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी केसीले जनाए । छलफलले महासङको अगुवाइमा मन्त्रीकोमा डेलिकेसन जाने र परिमार्जन गर्न लगाउने सहमति भएको जनाए ।



Leave a comment