काठमाडौं । चावहिलमा रहेको तीर्थ बचत तथा ऋण सहकारी संस्थाले मोबाईल बैंकिङ्ग सेवा सुरु गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको संक्रमण फैलिरहेको अवस्थामा नगदरहित कारोबार मार्फत सदस्यको स्वास्थ्य जोखिम न्यूनिकरण गर्ने उद्देश्यले संस्थाले मोबाईल बैंकिङ्ग सुरु गरेको जनाएको छ ।
तीर्थ मोबाइल बैकिङ्ग सेवा मार्फत सदस्यले मिनि स्टेटमेन्ट हेर्न, खातामा भएको रकम हेर्न, डिपोजिट स्टेटमेन्ट लिन, चेकबुक माग गर्न, चेक रोक्का गर्न र फन्ड ट्रान्सफर गर्न सकिने संस्थाले जानकारी दिएको छ । यसैगरी सदस्यले घरमै बसेर मोबाईलबाट खाताको विवरण लिन, मोबाईलको ब्यालेन्स रिचार्ज गर्न, बैंक फन्ड ट्रान्सफर गर्न, टेलिभिजन च्यानलको बिल भुक्तानी गर्न, इन्टरनेट, विद्युत र खानेपानीको महसुल बुझाउन, बिमाको प्रिमियम बुझाउन, विद्यालयको शुल्क तिर्न, प्लेनको टिकट बुकिङ्ग गर्न र वालेट टप अप गर्नसक्ने सुविधा रहेको संस्थाले जनाएको छ ।
Leave a comment