सहकारीमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलाप रोक्न ‘ट्रस्टएमल’ सिस्टम

सहकारीमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलाप रोक्न ‘ट्रस्टएमल’ सिस्टम :: Sahakari Akhabar

काठमाडौं । इन्फोडेभलपर्स प्राइभेट लिमिटेड र डेटम सिस्टम्स प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । सदस्यलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा लगानी गर्नबाट रोक्ने ट्रस्टएमल सिस्टम सहकारी संस्थाको लागि पनि उपलब्ध गराउन इन्फो डेभलपर्स प्राइभेट लिमिटेड र डेटम सिस्टम्स प्राइभेट लिमिटेडबीच सम्झौता भएको हो ।

सहकारी संस्थाहरुमा बैंकिंग सफ्टवेयर उपलब्ध गराउने अग्रणी संस्था इन्फो डेभलपर्स प्राइभेट लिमिटेड र डेटम सिस्टम्स प्राइभेट लिमिटेडबीच पारस्परिक सहयोग उपलब्ध गराउने समझदारी भएको हो । समझदारी पत्रमा डेटम सिस्टम्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहाल र इन्फोडेभलपर्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले हस्ताक्षर गरेका हुन ।

यस समझदारीबाट सहकारी संस्थाहरुले अत्यन्त सरलिकृत रुपमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सहकारी विभागले समय समयमा दिएका निर्देशन बमोजिम ग्राहकको पहिचान गर्न, त्यसको अभिलेख राख्न र ग्राहकको पहिचान गर्दा प्राप्त विवरणको आधारमामा जोखिम निर्धारण गर्न सक्ने डेटमले जनाएको छ ।

ग्राहकको पेशा, स्थान, व्यवसायको प्रकृति, बैंकबाट प्रदान गरिएको सेवा र डेलिभरि च्यानेल समेतको आधारमा सफ्टवेयरले जोखिम निर्धारण गर्न सक्नेछन । ग्राहक जोखिमयुक्त वा उच्चपदस्थ व्यक्ति वा त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा सम्बद्ध व्यक्ति भएको देखिएमा वा ग्राहकको काम कारबाही शंकास्पद देखिएमा निरन्तर अनुगमन गर्ने तथा ग्राहक, वास्तविक धनी वा कारोबारका सम्बन्धमा निरन्तर अनुगमन गर्न सक्नेछन ।

यसका अतिरिक्त ट्रस्टएमल सिस्टमको प्रयोग बाट सहकारी संस्थाहरुले वित्तिय जानकारी इकाईमा रहेको गोएमल सिस्टममा सीमा कारोबार, शंकास्पद कारोबार र शंकास्पद गतिविधि प्रतिवेदन इलेक्ट्रोनिक मध्यमबाट पठाउन सक्ने प्रविधिको विकास भएको डेटमका प्रमुख कार्यकारी अधिकृत गिरिश दाहालले बताए ।

बैंकहरुले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि सहकारी संस्थामा भएको प्राबधानको कार्यान्वयन गर्न आबश्यक पर्ने साधन, श्रोत, प्रबिधि र ज्ञान सहकारी संस्थासम्म पुग्न यस समझदारी कोशेढुंगा हुने डेटमका प्रमुख कार्यकारी अधिकृत  दाहालले बताए ।

बैंकिंग सफ्टवेयर विकास गर्ने संस्था र सम्पत्ति शुद्धिकरण निवारण गर्न कार्य गर्ने सफ्टवेयर विकास गर्ने संस्थाको सहकार्य बाट नेपालमा छरिएर रहेका सहकारी संस्थाहरु लाई सस्तो र सुलभ रुपमा उपलब्ध भएपछि सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय लक्ष र सन २०२१ सफल हुने परस्पर मूल्यांकनमा पुग्न सहयोग मिल्ने इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले बताए ।



Leave a comment