काठमाडौं । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ २८ वर्षमा प्रवेश गरेको छ ।२०५० सालमा स्थापना भएको संघ २७ वर्ष पुरा गरी २८ वर्षमा प्रवेश गरेको जनाईएको छ । असोज ३ गते भर्चुअल कार्यक्रम गरी संघले स्थापना दिवस मनाएको छ ।
संघका अध्यक्ष रामहरी बजगाईको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेल, बचत संघ ललितपुरकी संस्थापक अध्यक्ष रोहिणी जोशी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल, बागमती प्रदेश सहकारी रजिष्टार बिक्रम पाण्डे, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, बचत तथा ऋण सहकारी संघ ललितपुरका निवर्तमान अध्यक्ष रामशरण घिमिरेलगायतले शुभकामना राखेका थिए ।
कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत संन्तोष बजगाईले संघको बारेमा जानकारी दिएका थिए । उनले संघमा ५२१ संस्था सदस्य रहेको, असार मसान्त सम्म शेयरपूंजी ३ करोड ७४ लाख ९५ हजार ६ सय तथा कर्जा ६९ करोड ६१ लाख रहेको जानकारी दिए । त्यसैगरी संघमा निक्षेप १ अर्व १९ करोड ५४ लाख १५ हजार र कोष ४ करोड ८७ लाख ४४ हजार रहेको बजगाईले जानकारी गराए । संघले सदस्य संस्थाहरुलाई १५ प्रतिशत लाभांस दिने निर्णय गरेको जानकारी दिए ।
उनले संघले अहिलेसम्म तीनवटा साकोस समिट सम्पन्न गरेको, वित्तिय सेवाका साथै निशुल्क तालिम विपत ब्यवस्थापन कोषमा सहयोग, तरलता ब्यवस्थापन कोष स्थापना, स्टेशनरी प्रकाशन तथा बिक्री बितरण गरिहेको जानकारी गराएका छन् । संघले, महासंघ तथा केन्द्रीय संघबाट उत्कृष्ट संघको पुरस्कार सम्मान प्राप्त गरेको बताएका छन् ।
संघले कोरोना विपत कोषमा ६ वटै स्थानीय निकायमा ३ लाख ७० हजार तथा राष्ट्रिय सहकारी महासंघको विपद राहत कोषमा ५० हजार सहयोग गरेको जानकारी दिए । साथै उनले कोरोना महामारीमा सदस्य संस्थाहरुलाई परेको समस्या पहिचानकालागि सर्वेक्षण गरेर समस्या भएका संस्थालाई सहजीकरण गरेको । १० करोडको तरलता जोखिम कोष स्थापना गरी उक्त कोष मार्फत ४ करोड लगानी भइसकेको पनि जानकारी दिए । संघले सदस्य संस्थाहरुले लिएको कर्जाको ब्याजमा १० प्रतिशत छुट दिनुका साथै उत्प्रेरणमूलक भर्चुअल कार्यक्रमहरु संचालन गरेको जानकारी गराए ।
Leave a comment