हाइलाइट

सहकारी बैंकद्धारा सहकारीको एकीकरण र सेवा केन्द्र सम्बन्धी प्रशिक्षण

सहकारी बैंकद्धारा सहकारीको एकीकरण र सेवा केन्द्र सम्बन्धी प्रशिक्षण :: Sahakari Akhabar

बागलुङ १ असोज    । राष्ट्रिय सहकारी बैंकले गण्डकी प्रदेशका सहकारीहरुलाई सहकारीको एकीकरण र सेवा केन्द्र सम्बन्धी प्रशिक्षण गरेको छ । बैंकले सहकारी ऐन, नियमावली, एकीकरण कार्यविधि र सेवा केन्द्र सञ्चालन विषयक एक दिने भर्चुअल तालिम दिएको हो

गण्डकी प्रदेश अन्तर्गतका सहकारी संघ संस्थाका अध्यक्ष, पदाधिकारी तथा प्रवन्धकहरुका लागि सञ्चालित कार्यक्रममा गण्डकी प्रदेश सहकारी ऐन २०७५, नियमावली २०७५ मा भएका मुख्य व्यवस्था, सहकारी एकीकरण तथा सेवा केन्द्र र कोपोमिसका बारेमा जानकारी गराइएको थियो । कार्यक्रमलाई गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा पोखराले प्राविधिक सहयोग गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश सहकारी महाशाखाका प्रमुख प्रेमप्रसाद ढकालले सहकारीहरुलाई ऐन नियम र निर्देशिकाका आधारमा सञ्चालनका लागि तालिम आयोजना गरिएको जनाए । उनले सहकारीमार्फत समाज रुपान्तरणका लागि सहकारी नियम कानुनको पालनामा संचालन गर्नुपर्ने बताए ।

शाखा अधिकृत सागर खनालले सहकारी कानुन, नियमन निकाय, विषयगत अभ्यास र समसामयिक विषयमा सहजीकरण गरेका थिए ।
सहकारीमार्फत समाजमा भएका सरात्मक कामहरु वचत तथा ऋण परिचालन, सहकार्यको भावना, सदस्य सुविधा अन्तर्गत उत्पादन, प्रशोधन र बजारीकरणको प्रवद्र्धन, सहकारी शिक्षामार्फत समुदायको विकास लगायतका विषयलाई थप प्रभावकारी बनाउनु पर्नेमा खनालको जोड थियो ।

उनले सहकारी क्षेत्रमा देखिएका केही सुधार गर्नु पर्ने पक्षमा पनि सहकारी कर्मीहरुको ध्यान जानु पर्नेमा जोड दिनुभयो । सहकारी सिद्धान्त, विधि र सुशासन मानकको पालना, साझा बन्धन भत्कने गरी सेवा केन्द्र स्थापना, एक व्यक्ति एक सहकारी, मुख्य कारोबार, संरक्षित पूँजि फिर्ता कोषको प्रयोग लगायतका विषयमा थप ध्यान दिनुपर्ने खनालको भनाई थियो । बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले कार्यक्रमको सहजीकरण गरेका थिए । 



Leave a comment