ललितपुर । राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन, नियमावली तथा कर व्यवस्थापन सम्वन्धी दुई दिने भर्चुअल तालिम सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले तालिमको औपचारिक समापन गर्दै सहकारी ऐन, नियमावली तथा कर व्यवस्थापन सम्वन्धी सहकारी संघ संस्था र स्थानिय तह सवैको लागि जानकारी हुन आवश्य रहेको बताए ।
उनले सरकारको तीन खम्वे अर्थनीति सरकार, सहकारी संघसंस्था र निजी तीनै तहले हातेमालो गर्दै अगाडी बढ्नु पर्ने बताए । तालिममा महासंघकी महाप्रवन्धक चित्राकुमारी थामसुङहाङ सुब्बाले सहकरी ऐन २०७४ का मुख्य प्रावधान सम्वन्धी विषयमा प्रशिक्षण दिएकी थिइन् ।
महासंघका वरीष्ठ प्रवन्धक गोपीकृष्ण भण्डारीले सहकारी नियमावली २०७५ को विषयमा प्रशिक्षण दिएका थिए । त्यसैगरी कर व्यवस्थापन विषयलाई चाटर्ड एकउन्टेन्ट तिर्थराज सिलवालले सहजीकरण गरेका थिए । तालिममा विभिन्न ४६ जिल्लाका स्थानिय तहका कर्मचारीहरु र सहकारीकर्मीहरु गरी ७६ जनाको सहभागिता रहेको थियो ।
Leave a comment