हाइलाइट

सहकारी बैंकको बीमा तालिम सम्पन्न

सहकारी बैंकको बीमा तालिम सम्पन्न :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी बैंकले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमको प्रभावकारीता तथा सहकारीमा वीमा सम्बन्धी एक दिने भर्चुअल तालिम मंगलवार सम्पन्न भएको छ ।

बैकको बागलुङ शाखाको आयोजना तथा बागलुङ शाखा अन्तरगत बागलुङ, पर्वत र म्याग्दीका सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा तालिम सम्पन्न भएको हो । लुम्बिनि इन्स्योरेन्स कम्पनीका प्रवन्धक शभ्मु बसौलाले सहकारीमा विमा, नगद विमा, भल्ट विमा, नगद ट्रान्जिट विमा, सहकारी संस्थाबाट प्रवाह हुने कर्जाको धितो विमा लगायतका विषयमा तालिम दिइएको थियो ।

कार्यक्रममा सहकारी बैंकको स्तरीकरण कार्यक्रमका बारेमा बैंकका स्तरीकरण विभागका प्रमुख भरत चिमोरिया र बैंकका प्रशिक्षक नव कुमार अधिकारीले जानकारी गराएका थिए । बैंकले शाखा स्तरमा आधारभुत, जिल्ला स्तर (केयर), केन्द्रीय स्तर (स्मार्ट) र अन्तर्राष्ट्रिय स्तर गरी चार तहमा सहकारीहरुको स्तरीकण कार्यक्रम सञ्चालन गरेको छ । 
 



Leave a comment