हाइलाइट

मिलिजुली कालिञ्चोक साकोसको ब्यबसाय निरन्तरता योजना कार्यान्वयनमा

मिलिजुली कालिञ्चोक साकोसको ब्यबसाय निरन्तरता योजना कार्यान्वयनमा :: Sahakari Akhabar

दोलखा । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले ब्यबसाय निरन्तरता योजना कार्यान्वयनमा ल्याएको छ । संस्थाले कोरोना भाईरस महामारी (कोभीड १९) को असर बाट शेयर सदस्य, कर्मचारी र संस्थालाई सुरक्षा दिन ब्यबसाय निरन्तरता योजना कार्यान्वयनमा ल्याएको हो ।

साथै यसबाट सावधानी अपनाउदै निरन्तर रुपमा सदस्यको ब्यवसाय सञ्चालन गराउन, कर्मचारीहरुबाट नियमित रुपमा सदस्य सेवा प्रवाह गराउन र संस्थालाई निरन्तर सदस्य सेवा दिन ब्यबसाय निरन्तरता योजना निर्माण गरी कार्यान्वयन गरेको छ । संस्थाको सञ्चालक समितिको भाद्र २३ गते बसेको ५२३ औं बैठकको निर्णय अनुसार यो योजना पारीत गरेको हो । साथै बैठकले संस्थाबाट ऋण लिने सदस्यहरुको तिर्न सक्ने क्षमता बिश्लेषण गरेको थियो ।

त्यसैगरी आवद्ध शेयर सदस्यहरुलाई आगाममी ६ महिनाको लागि आर्थिक रुपमा सुरक्षित हुनको लागि आकस्मिक कोष बचत योजनामा सहभागि गराउन अभियान चलाउने निर्णय गरेको संस्थाका प्रवन्धक इश्वर न्यौपानेले जानकारी दिएका छन् ।



Leave a comment