काभ्रे । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकले पाँचखालमा सम्पर्क कार्यालय राख्ने भएको छ । संघको ५३ औ स्थापना दिवसको अवसरमा मण्डनदेउपुर, पाँचखाल, भुम्लु तथा चौरीदेउरालीका सबै सहकारीको प्रवद्र्धन गर्न पाँचखाल नगरपालिकामा केन्द्र रहनेगरी संघको सम्पर्क कार्यालय स्थापना गर्न लागेको हो ।
सम्पर्क कार्यालयको जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुलीले उद्धघाटन् गरेका हुन् । उद्धघाटन कार्यक्रममा संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका द्धितीय उपाध्यक्ष तीर्थमाया प्रधान, जिल्ला कफि उत्पादक सहकारी संघका अध्यक्ष होमराज गिरी जिल्ला कृषि सहकारी संघका अध्यक्ष सुमन नेपाललगायतको उपस्थिति रहेको थियो ।
कार्यालय उद्घघाटन गर्दै अध्यक्ष विनोद पराजुलीले संघमा आबद्ध हुन बाँकी सहकारी संस्थाहरुलाई आबद्ध गराउन सजिलो हुने मात्र नभै सहकारीको प्रबद्र्धन, विकास र क्षमता विकासका कामहरु समेत अगाडि बढाउन सहयोग पुग्ने बताए । जिल्ला संघमा १४९५ वटा सहकारी संघ संस्था आवद्ध रहेका छन् । उद्धघाटन्का दिन सम्पर्क कार्यालयमा स्थानीय विभिन्न सहकारी संस्था मार्फत ५५ लाख ३४ हजार ५ शय ५ रुपैंयाँको आर्थिक कारोबार समेत भएको थियो ।
Leave a comment