काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारीले चालु आवको व्यवसाय निरन्तरता योजना पारित गरेको छ । संस्थाको भाद्र २४ गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७७/०७८ को लागि योजना पारित गरेको हो । कोभिड–१९ को महामारीको कारण विश्व आक्रान्त भईरहेको बेलामा समग्र अर्थतन्त्र पनि शिथिल भईरहेको र नेपाली अर्थतन्त्र समेत यसबाट नराम्रोसँग प्रभावित हुन पुगेको परिस्थितिमा संस्थालाई कसरी सञ्चालन गर्ने भन्ने विषयहरु उक्त योजनामा समावेश गरिएको जनाइएको छ ।
कोरोना भाईरसले सहकारीका आम सदस्य, कर्मचारी र संस्थालाई कसरी असर गरिरहेको छ, कुन कुन क्षेत्रमा यसले जोखिम सृजना गरेको छ र जोखिम न्यूनिकरण गर्न संस्थाले कस्तो कस्तो पहलकदमी गर्नेछ भन्ने कुरा मुलभुत रुपमा योजनाले समेटेको बताइएको छ । संस्थाको ४ वर्षे रणनीतक योजनाको समिक्षा गर्दै यस विषम परिस्थिमा परिस्कृत कार्यलक्ष्य समेत उक्त योजनाले तय गरेको छ ।
कोरोनाको प्रकोपका विच पनि संस्थालाई सुरक्षित तवरले सञ्चालन गर्दै सदस्य सेवामा समर्पित रहने, सदस्यहरुलाई कोभिड १९ बाट बच्नको लागि सुरक्षात्मक तथा निवारणात्मक कृयाकलापमा संलग्न गराउने, सदस्यहरुलाई महामारी लगायतका आकस्मिकताका लागि पूर्वतयारी गर्न लगाउने यस योजनाका मुख्य लक्ष्य रहेका छन् ।
कोरोनाको असर परीक्षण तथा सदस्यहरुको पछिल्लो वित्तिय सक्षमता पहिचान सम्बन्धी सर्वेक्षण समेत सम्पन्न गरी सोबाट प्राप्त भएको तथ्यांकहरुको आधारमा संस्थाले आ।व। २०७७/०७८ को अनुमानित नगद प्रवाह प्रक्षेपण, ऋणी सदस्यहरुको ऋण फिर्ता गर्ने क्षमता तथा सदस्यहरुमा कोरोना भाईरसले पारेको आर्थिक, सामाजिक तथा मनौबैज्ञानिक असरको समेत पहिचान गरेको छ ।
Leave a comment