काठमाडौं । स्थानीय सहकारी संघ संस्थाहरुलाई बिहान आठ बजेदेखि कार्यालय खोल्न सिद्दिपुर सहकारी समाजले अनुरोध गरेको छ । समाजले सिद्दिपुरमा रहेका सहकारीमा लागु हुनेगरी उक्त सूचना प्रकाशन गरेको हो ।
समाजले बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खोली सदस्यलाई सेवा दिन भनेको छ । सरकारले उपत्यकामा निशेधाज्ञा खुकुलो गरेसंगै बैंक तथा वित्तिय संस्थाहरुलाई सुरक्षाका मापदण्ड उपयोग गरी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खोल्न भनेको छ । समाजले सुरक्षा सतर्कता अपनाई बजार प्रतिनिधिहरुलाई बजार पठाउन अनुरोध गरेको हो ।
Leave a comment