हाइलाइट

सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ : मन्त्री अर्याल

सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ : मन्त्री अर्याल :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडी बढ्नुपर्ने बताएकी छन् ।

राष्ट्रिय सहकारी विकास वोर्डले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले गरिबी निवारणका निम्ती सहकारीमार्फत भूमिको अधिकतम प्रयोग गर्नुपर्ने बताइन् । सहकारी विकास कोर्डले सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाका अन्तिम मस्यौदामाथी छलफल गरेको थियो ।

सहकारीमार्फत कार्यक्रम सञ्चालन गरी पर्याप्त मात्रामा रोजगारीको सिर्जना गर्नुपर्ने उनको भनाई थियो । ‘देशभित्र प्रर्याप्त रोजगारीको सिर्जना गर्ने, गरिब लक्षित कार्यक्रम सञ्चालन गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्ने हुन्छ’, मन्त्री अर्यालले भनिन्, ‘भूमिको अधिकतम प्रयोग गरेर भूमिबाट उत्पादन बढी लिने, आत्मनिर्भर बनाउने कुरामा पनि सहकारीको भूमिका बढी महत्पुर्ण हुन्छ । आधुनिक कृषि व्यवसायका निम्ती पनि सहकारीबाट शुरुआत गर्नुपर्छ ।

सहकारी क्षेत्र र नीजि क्षेत्रसँग सरकारले सहकार्य गरेर अगाडी बढ्ने भनिरहेको अवस्थामा सहकारी क्षेत्रले कूल लगानीको ५÷४ प्रतिशत कूल ग्राह्स्थ उत्पादनमा लगानी गरोस भन्ने राज्यको अपेक्षा रहेको मन्त्री अर्यालले बताइन् । प्रत्येक साल १७ हजार मान्छेलाई जागिर दिनसक्ने क्षमताको विकास सहकारीले गरोस् भन्ने सरकारको अपेक्षा छ । त्यस्तै दिगो विकास लक्ष्य हालिस गर्न कुल लगानीको ४÷३ प्रतिशत सहकारीबाट योगदान हुन जरुरी छ भन्ने कुराको राज्यले अपेक्षा गरिरहेको छ ।



Leave a comment