हाइलाइट

सुरक्षित कार्य संचालन सम्वन्धि महासंघको भर्चुअल अन्तक्रिया सम्पन्न

सुरक्षित कार्य संचालन सम्वन्धि महासंघको भर्चुअल अन्तक्रिया सम्पन्न :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघले कोरोनाको संक्रमण बढ्दै गइरहेको सन्दर्भमा सुरक्षित रुपमा कसरी कार्यालय संचालन गर्ने भनने विषयमा भर्चुअल तालिम दिएको छ । सहकारीका सदस्यहरुलाई सेवा प्रवाह गर्ने र संक्रमित सदस्यहरु भए उनीहरुलाई होम आइसोलेशसन कसरी राख्ने भन्ने विषयमा विषयविज्ञ चिकित्सकहरुसँग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा संक्रमण रोग र हेरचाह विज्ञ डा.प्रभात अधिकारीले सर्तक भएर कोभिड १९ विरुद्धको प्रटोकल अपनाउनुपर्ने विषयमा परामर्श दिएका थिए । उनले समुदायले नै यसको रोकथामा भूमिका खेलेमा महामारीको संक्रमण रोक्न सकिने बताए । उनले नाक, मुख र आँखाबाट भाइरस प्रत्यक्ष रुपमा सर्ने भएकाले कार्यालयमा सम्पूर्ण कर्मचारी तथा सदस्यहरुले माश्क अनिवार्य लगाउनुपर्ने, कर्मचारीले पन्जा, चश्मा वा फेस सिड लगाउने र कम्तिमा ६ फिटको दुरी कायम गरेर बस्ने विषयलाई सम्झौता गर्न नहुने बताए ।

त्यसैगरी इन्टरनल मेडिसिन तथा स्वास्थ्य सेवा व्यवस्थापन विज्ञ डा.विनोद ढुंगानाले पैसाको कारोबार गर्ने संघ÷संस्थाका कर्मचारीले पैसा चलाउनु अघि र पछि नियमित हात धुनेलगायतका विधिलाई बानी बसाल्नुुपर्ने बताए । उनले संक्रमण नियन्त्रण र होम आइसोलेसनका लागि समेत नियमित रुपमा चिकित्सकको परामर्श लिएको खण्डमा यसको जोखीम कम हुने बताए । नर्स समिक्षा कोइरालाले सबै कर्मचारीको टेबलमा अनिवार्य रुपमा सेनिटाइजर राख्ने,कार्यालय छिर्ने स्थानमा पनि सबैले सहज रुपमा प्राप्त गर्न सक्ने गरी सेनिटाइजर राख्ने, कारोबार भएको पैसालाई छुट्टै स्थानमा राखि २४ घन्टापछि त्यसलाई चलाउने व्यवस्था मिलाउने सुझाव दिएकी छन् ।

उनले पैसा वा डकुमेन्ट प्रयोग गर्दा पनि सेनिटाइजर प्रयोग गर्ने र पैसा वा कागजपत्र थुक लगाएर पल्टाउने कार्य बन्द गर्नुपर्ने बताइन । त्यसैगरी, एकै पटक सबै कर्मचारी एक्पोज नहोस भनेर सिफ्टमा काम गराउने, प्रत्येक कर्मचारीलाई नियमित प्रयोग गर्ने सामानमा छुट्टा छुट्टै व्यवस्था गर्ने, कार्यालय भित्र बस्दा छुट्टै जुत्ता÷चप्पल प्रयोग गर्ने, सदस्यको पनि त्यहि अनुसार सुरक्षा अवलम्बन गरेर सेवा प्रवाह गर्ने, दिनमा एक पटक कार्यालमा डिसइन्फेक्ट स्प्रे गर्ने तथा दुई कर्मचारी र सेवा लिने सदस्यबिच कम्तिमा ६ फिटको दुरी कायम गर्नेलगायतका सुझाव दिएकी छन् ।

कार्यक्रमको भर्चुअल रुपमा उद्घाटन गर्दै महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी संघ/संस्था खोल्दा अपनाउनुपर्ने सुरक्षा विधि र संक्रमित सदस्यलाई घरमै राखेर स्वस्थ्य बनाउने प्रक्रियाका विषयमा महत्वपूर्ण प्रस्तुती रहेको र सहकारी संघ/संस्थाहरुमा उठेका धेरै प्रश्नको उत्तर यो कार्यक्रमले दिएको बताए । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले समुदायसँग प्रत्यक्ष सरोकार राख्ने सहकारी संघ÷संस्थाका लागि कोभिड १९ मा सुरक्षाका विधि अपनाएर सेवा प्रवाह गर्नुपर्ने आवश्यकता महसुस गरेर कार्यक्रमको आयोजना गरिएको बताइन् । 



Leave a comment