हाइलाइट

प्राकृतिक पीडितलाई सहयोग गर्न राष्ट्रिय सहकारी महासंघको आव्हान

प्राकृतिक पीडितलाई सहयोग गर्न राष्ट्रिय सहकारी महासंघको आव्हान :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले बागलुङको ढोरपाटन नगरपालिकामा भएको बाढी पहिरोबाट पीडितहरुका लागि सहयोग गर्न देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको छ ।

जिल्ला सहकारी संघ बागलुङले देशभरका सहकारीहरुलाई ढोरपाटनका पहिरो पीडितको उद्धार तथा राहतका लागि सहयोगका लागि गरेको आव्हानप्रति महासंघको ऐक्यवद्धता छ, महासंघका अध्यक्ष मीनराज कंडेललेद्धारा हस्ताक्षर गरेको विज्ञप्तीमा सहकारीको समुदायप्रतिको चासो भन्ने सिद्धान्तलाई आत्मसाथ गरेर सबै सहकारीहरु विपत्तीको समयमा एकतावद्ध भएर राहत तथा पुर्नस्थापनमा जुट्नु पर्छ भनिएको छ ।

महासंघले बागलुङको ढोरपाटनका साथै सिन्धुपाल्चोक, कालिकोट लगायत देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भएको धनजनको ठुलो क्षतिप्रति दुख प्रकट गर्दै प्राकृतिक विपद्को समयमा सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आ–आफ्नो क्षेत्रमा उद्धार, राहत, उपचार र पुनस्थापना लगायतका कार्यमा सहभागी भई सहयोगमा जुट्न आव्हान गरेको छ । सहकारीको सिद्धान्त समुदायप्रति चासोलाई ध्यानमा राखेर बाढी पहिरो प्रभावित समुदाय तथा व्यक्तिहरुको राहत तथा उद्धारका लागि विगतमा झै सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई आवश्यक सहयोगका लागि आव्हान गर्दछौं, महासंघद्वारा जारी विज्ञप्तीमाा उल्लेख छ ।

भदौ १७ गते राती परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट बागलुङको ढोरपाटन नगरपालिकामा १६ जनाको ज्यान गएको र २२ जना वेपत्ता रहेका छन् । बढी पहिरोले ८० घर पूर्ण रुपमा क्षति पुगको छ भने ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोले सो क्षेत्रका ११ वटा लघुजलविद्युत, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुंगेपुल, ५ वटा ढलान पुल, १० वटा काठे पुल र २ वटा विद्यालय गरी १ सय ७१ भौतिक संरचनामा क्षति पुयाएको छ ।



Leave a comment