स्थापना दिवसको अवसरमा ब्राइट साकोसद्धारा स्वास्थ्यकर्मीलाई सम्मान

स्थापना दिवसको अवसरमा ब्राइट साकोसद्धारा स्वास्थ्यकर्मीलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । बागबजारमा रहेको ब्राइट बचत तथा ऋण सहकारी सहाकारी संस्थाले स्थापना दिवसको अवसरमा एम्बुलेन्स चालक, नर्स, ल्याब प्राविधिक र डाक्टरगरी आधादर्जन स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । संस्थाले २१ औं स्थापनाको अवसर पारेर कोभिड १९को महामारीका अग्रपंत्तीमा रहेर उपचार गर्ने स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने उद्देश्यले आइतबार जनही २१ हजार नगद र सम्मानपत्र सहित सम्मान गरेको हो । कोरोना संक्रमितको उपचार गर्दा गर्दै आफै संक्रमित भएका नर्सलाई समेत सो सहकारी संस्थाले सम्मान गरेको छ ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा.डा.जागेश्वर गौतम, महासंघका संचालक डिवि बस्नेत, केम्शनका अध्यक्ष सुरेश घिमिरे लगायतले सम्मान प्रदान गरेका थिए । संस्थाले शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बास्तोला, शहीद शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट परमानन्द भण्डारी, काठमाडौं मेडिकल कलेजका इन्टर्न डा. उज्वल न्यौपाने, नारायणी उपक्षेत्रीय अस्पतालकी नर्स प्रिया प्रजापति, धुलिखेल अस्पतालकी नर्स कृष्णमाया रम्तेल र पाटन अस्पतालका एम्बुलेन्स चालक दिपकप्रसाद दाहाललाई सम्मान गरेको हो ।

स्वास्थ्यकर्मीले गाली खानुपर्ने, डेरामा बस्न नदिने, खेद्नेलगायतका गतिविधि भएका कारण देशभरि रहेका सहकारीले समाजमा देखिएको यो विसंगतिलाई चिर्नका लागि सांकेतिक रुपमा सम्मान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष रामेन्द्र न्यौपानेले बताए । राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले ठूलो लडाइका बेला सैनिकको महत्व भए यस्तै यो महामारीको समयमा स्वास्थ्यकर्मीको महत्व रहेकाले उनीहरुको सुरक्षामा सहकारी अग्रपंक्तिमा उभिने बताए ।

डा.गौतमले यस्तो महत्वपुर्ण र दुरगामी सकारात्मक सन्देश दिने यस्तो कार्यक्रमको आयोजना गरेर सहकारीले दिन खोजेको सन्देशले स्वास्थ्यकर्मीको मनोबल उच्च भएको बताए । संस्थाका सचिव लक्ष्मण न्यौपानेले स्वास्थकर्मीसंग नजिक रहेर निरन्तर कोभोड १९ बिरुद्द सहयोग जुटाइरहने प्रतिबद्धता ब्यक्त गरे । सम्मानीत डाक्टर अनुप बास्तोलाले विरामीको उपचारमा लागेकाबेला समाजको व्यवहारले मन दुखित भएको बेलामा सहकारीको कार्यक्रमले उत्साह थपेको बताए ।



Leave a comment